Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
बुद्धको जन्मस्थलबारेको पाठ्यक्रममा रहेको गलत जानकारी सच्याइयो

काठमाडौँ, १६ असार। सिद्धार्थ गौतमबुद्धको जन्मस्थल लुम्बिनी नेपालमा भएको तथ्यविपरीत गलत जानकारी भएका पाठ्यपुस्तक सच्याउन लुम्बिनी कपिलवस्तु दिवस विश्व अभियानका तर्फबाट स्विडेनमा गरिएको कूटनीतिक प्रयासले सार्थकता पाएको छ ।
त्यहाँको कक्षा ६ देखि ९ सम्मको पाठ्यक्रममा रहेको ‘सो डाइरेक्ट रेलिजियन–३’ नामक पुस्तकमा ‘इन नर्थर्न इन्डिया आर दि प्लेसेज होयर बुद्ध वाज बोर्न’ तथा ‘वल्ड्र्स रेलिजियन’ नामक पुस्तकमा ‘बुद्ध वाज बोर्न एज प्रिन्स सिद्धार्थ गौतम इन लुम्बिनी बिट्विन दि बोर्डर अफ इन्डिया एन्ड नेपाल, दि करेन्ट सिटी बिहार’ भनेर लेखिएकामा अब तिनको प्रकाशन र बिक्रीवितरण बन्द गरिएको छ ।
त्यसै किसिमको नयाँ प्रकाशित पाठ्यपुस्तकमा तस्बिरको मुनि गौतम बुद्धको जन्मस्थल लुम्बिनी, नेपाल भनेर लेखिएको छ । ती दुई पुस्तक अभियानका युरोप सल्लाहकार दामोदरप्रसाद आचार्यलाई उपलब्ध भएपछि पाठ्यपुस्तक सच्याउन कूटनीतिक प्रयास सुरु गरिएको थियो ।
डेनमार्कमा अवस्थित स्विडेनको जिम्मेवारी सम्हाल्दै आएको नेपाली दूतावासले बुद्धको जन्मस्थलसम्बन्धी गलत जानकारी भएका पाठ्यपुस्तक सच्याउन अभियानले गरेको अनुरोधलाई कार्यान्वयन गर्न स्विडेनका लागि अवैतानिक कन्सुल जनरल डा रोलान्ड दह्लमानसमक्ष आग्रह गरेपछि उनी ती पुस्तकको अध्ययन र अनुसन्धानसँगै पुस्तक प्रकाशकसँग सम्पर्क र भेट गरी तथ्यगत प्रमाणका आधारमा त्यसमा भएका त्रुटि सच्याउन अनुरोध गरेका थिए ।
ती पुस्तक प्रकाशकलाई भविष्यमा भगवान् बुद्धको जन्मस्थल विषयमा गल्ती नदोहो¥याउन सतर्क गराउँदै अनुरोधसमेत गरिएको आचार्यले इमेलमार्फत जानकारी दिए । रासस

0 comments

तपाईंको प्रतिकृया