Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
इजिप्टमा नयाँ राष्ट्रपतिको सपथग्रहण

कायरो, जेठ २५ – इजिप्टका पूर्व सैनिक जर्नेल अब्दुल फताह अल सिसीले आइतबार इजिप्टको नयाँ राष्ट्रपति पदमा सपथग्रहण गरेका छन् ।
सिसीले यस अघिनै अर्थात करिब एकवर्ष अघिदेखि नै इजिप्टको राज्यमा प्रमुखको पद सम्हाल्दै आएका थिए । सिसीले संवैधानिक अदालतसमक्ष पद तथा गोपनीयताको सपथग्रहण गर्ने बताइएको छ ।

भारी सङ्ख्यामा प्रहरी र सैनिकको उपस्थितिमा उक्त सपथग्रहण समारोह ग्रीनवीच समयानुसार आइतबार ०७३० मा हुने जनाइएको छ ।

सपथग्रहणपछि राष्ट्रपति कार्यालयमा हुने स्वागत समारोहमा प्यालेस्टाइनी राष्ट्रपति मोहमुद अब्बास, अरबराष्ट्रका सिसीका समर्थक र अफ्रिकन नेताहरू उपस्थिति रहने बताइएको छ ।सिसीले गत मे २६ देखि २८ सम्म भएको निर्वाचनमा ९६।९ प्रतिशत भोट ल्याई विजय हासिल गर्नुभएको औपचारिक घोषणा गत हप्ता गरिएको थियो ।

उनको विपक्षमा उम्मेद्वार बनेका बामपन्थी पृष्ठभूमिका अर्का नेता हमदेख सबाइले भने ३ प्रतिशत मात्र मत प्राप्त गरेका थिए ।प्रजातान्त्रिक प्रक्रियाबाट निर्वाचित त्यहाँका पूर्व राष्ट्रपति मोहम्मद मोर्सीलाई सन् २०१३ को जुलाईमा सत्ताबाट सैनिक कू गरी हटाइएपछि पहिलो पटक नयाँ राष्ट्रपतिका लागि निर्वाचन भएको हो । पूर्व राष्ट्रपति मोर्सीलाई सैनिक हिरासतमै राखेर सुरु भएको यस निर्वाचनको उहाँको दल मुस्लिम ब्रदरहुड पार्टीले बहिस्कार गरेका छन् ।

मोर्सीका पार्टी मुस्लिम ब्रदरहुदलाई भीषण दमन गरिएको र मोर्सी अपदस्थ भएयता सैनिक दमनबाट मुस्लिम बद्ररहुदका एकहजार ४०० भन्दा बढी व्यक्ति मृत्यु हुनुको साथै हजारौँले जेल सजायँ भोग्नु परेको छ ।

0 comments

तपाईंको प्रतिकृया