Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
तेरीयालाई गृह जिल्लामा स्वागत

बुटवल २२ जेठ भारतीय च्यानल जीटीभीमा प्रसारण भइरहेको डान्स इन्डिया डान्स लिटिल मास्टर्सको अन्तिम पाँचमा छनोट भएकी तेरिया फौजा मगरको गृह जिल्ला रुपन्देहीमा भव्य स्वागत गरिएको  छ ।
 तेरिया सहित जिटिभिको टोलीलाई भैरहवाको गौतमबुद्ध विमानस्थलमा विभिन्न संघसंस्था र तेरियाका आफन्त तथा शुभेच्छुकले स्वागत गरेका हुन् ।
चार महिना पहिला देखि मुम्बईमा रहेकी नेपाल बालिका तेरिया अन्तिम पाँचमा छनोट हुने भएपछि रुपन्देहीमा नृत्य छायांकनका लागि जीटीभीको टोली सहित उनी आफ्नो गृह जिल्लामा आएकी हुन् । १४ वर्ष उमेर सम्मका झन्डै चार लाख बालबालिकाले भाग लिएको प्रतियोगितामा छनोट भएका ४० हजार प्रतिस्पर्धीलाई पछि पार्दै उनी अन्तिम पाँचमा आइपुगेकि हुन् । बागेश्वरी संगीतालय बुटवलकी प्रशिक्षार्थी समेत रहेकी तेरियाले नेपाल रहँदा आफ्नो नृत्य प्रस्तुत गर्दै आफूलाई विजयी बनाउन भोट माग्ने कार्यक्रम रहेको बागेश्वरी संगीतालयका प्राचार्य सुरेश सेन्चुरीले जानकारी दिए ।
भैरहवा हुँदै बुटवल र उनको जन्म गाउँ रुद्रपुर पुग्दासम्म उनको स्वागतमा हुने सबै गतिविधिको छायांकन र प्रसारण हुने भएकाले तेरियाको स्वागतका लागि विभिन्न संघसंस्था र तेरियाका आफन्त तथा शुभेच्छुकहरु उपस्थित भएका छन् ।
डीआईडी लिटिल मास्टर्सको उपाधि विजेताले ५० लाख भारु नगद र कारलगायतका उपहार प्राप्त गर्नेछन् । चार महिनादेखि जारी प्रतियोगिताको अन्तिम प्रतिष्पर्धा असार १ गते हुनेछ ।

0 comments

तपाईंको प्रतिकृया