Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
माओ विचारधारा मान्नेहरुवीच कार्यगत एकता हुन्छ :प्रचण्ड

दाङ १ असार। एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विभिन्न समयमा फुटेका माओवादी र माओ विचारधारा मान्नेहरुवीच कार्यगत एकता गरी सबै पार्टीलाई एउटै पार्टी बनाउने बताएका छन ।

क्रान्तिकारी पत्रकार संघ दाङले आइतवार घोराहीमा गरेको पत्रकार भेटघाट कार्यक्रममा माओ विचारधारा मान्नेहरुको शक्तिशाली केन्द्र बनाउन औपचारिकरुपमा सुरुवात भएको बताएका हुन ।
उनले एमाओवादी, नेकपा९माओवादी, मणि थापा नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी, परि थापाले नेतृत्व गरेको नेकपा एकीकृत पार्टी र मात्रिका यादव नेतृत्वको नेकपा माओवादीका नेताहरुसँग गम्भिर छलफल गरेर कार्यगत एकताको सुरुवात भइसकेको उनको भनाई छ ।

प्रचण्ड सहित एमाओवादी मगरात राज्यको पार्टी प्रशिक्षण भेलामा सहभागी हुन उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव कृष्णबहादुर महरा, सचिव टोपबहादुर रायमाझी, स्थायी समिति सदस्यद्वय जनार्दन शर्मा, , नन्दकिशोर पुन पासाङ लगायतका नेताहरु दाङ आईपुगेका हुन ।

0 comments

तपाईंको प्रतिकृया