Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
‘पर्यटन प्रवद्र्धन गर्न गुरुयोजना आवश्यक’

बुटवल ।  पर्यटन प्रवद्र्धनको लागी एकिकृत गुरुयोजना वनाउनु पर्ने सम्वद्ध सरोकारवालाहरुले आवश्यकता औल्याएका छन ।
लुम्विनी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समितीको आयोजनामा भैरहवामा भएको पर्यटन प्रवद्र्धन सम्वन्धी सरोकारवालाहरुसंग गरिएको अन्तरक्रियात्मक गोष्ठीमा सहभागीहरुले यस क्षेत्रको पर्यटकीय क्षेत्रको विकास र पर्यटन प्रवद्र्धन गर्न गुरुयोजना वनाई काम गर्नु पर्नेमा जोड दिएका हुन ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी वालकृष्ण पन्थीले सुविधा सम्पन्न अध्यागमन कार्यालय भवन निर्माणको लागी पहल गरिरहेको जानकारी दिदै पर्यटकलाई सुविधाको लागी हरियो प्लेटको सवारी साधन संचालनको लागी व्यवस्था मिलाउन सकिने बताए ।
स्थानिय विकास अधिकारी विश्वप्रकाश अर्यालले वृहत गुरुयोजना वनाई पर्यटन प्रवद्र्धन गर्नु पर्नेमा जोड दिए । उनले रुपन्देही कपिलवस्तु र नवलपरासी जिल्लामा रहेका पर्यटकिय क्षेत्रको विकास गरी पर्यटकलाई  आकर्षण गर्न सकिने बताए ।
 पर्यटन कार्यालय रुपन्देहीका प्रमुख तथा समितीका कार्यकारी निर्देशक लेखनाथ न्यौपानेको संचालनमा भएको कार्यक्रममा डा. गितु गिरीले कार्यपत्र प्रस्तुत गरेका थिए । गोष्ठीमा स्थानिय निकाय अन्तरर्गतका कार्यालय प्रमुख तथा प्रतिनीधी, लुम्विनी विकास कोषका प्रतिनधी, होटल व्यवसायी, सुरक्षा निकायका प्रतिनिधीहरु, उद्योग वाणिज्य संघका प्रतिनिधीहरु ,  टुर्स एण्ड टभल्स व्यसायीहरु गरी ५० जना भन्दा वढिको सहभागीता रहेको थियो ।

0 comments

तपाईंको प्रतिकृया