व्यवसायीहरुविचको विवादले यात्रुलाई सास्ती
सुपरखबर संवाददाता
बुटवल २५ जेठ ।
यात्रुलाई सेवा प्रदान गर्न सार्वजनिक सवारी साधन संचालन गर्दे आएका व्यवसायीहरु विचको विवादले यात्रुले दुख पाएको घटना नेपालमा कुनै नौलो होईन । बेला–बेलामा यस्तो विवादले यात्रुहरुले निकै सास्ती वेहोर्नु पर्छ ।
आईतवार विहान पनि बुटवलमा यात्रुहरुले यातायात व्यसायीहरुकै कारण सास्ति वेहोर्नु परयो । यात्रुलाई सुविधा दिने सार्वजनिक सवारी साधन संचालकहरुले नै यात्रुलाई सास्ती दिदा पनि सम्वन्धीत सरकारी निकायको मौनताले समस्यालाई निराकरण गर्न सकेको छैन । यस अघि जीपको क्यु लिदै आएको बुटवल यातायात व्यवसायी समितीले अर्घाखाचीको सन्धीखर्कको लागी आईतवार मिनीवस छुटाउन लागेको थियो ।
समितीले लु १ ख ८४५५ नंको बस संचालनको लागी तामझामका साथ सडकमा के ल्याउन भ्याएको थियो पश्चिम नेपाल बस व्यवसायी संघमा आवद्ध व्यवसायीहरुले विरोध गर्दे नेपालगञ्ज रोडमा बस तेर्साउन पुगे । विहान ८ वजे देखी झण्डै साढे २ घण्टा वढि उक्त सडकमा सवारी साधन गुड्नै दिएनन । पुर्व पश्चिम लोक मार्गमा संचालन हुने सयौ सवारी साधन विच सडकमै रोकिनु परयो । विहानैदेखी वढेको गर्मीमा यात्रुहरुले निकै सास्ती वेहोर्नु परयो । ढिलो गरी प्रहरीले अवरुद्ध भएको सडक खुलाएको थियो ।
बुटवलवाट अर्घाखाचीका लागी दैनिक २२ क्यु सार्वजनिक सवारी साधन संचालन हुन्छ । ति मध्ये २ क्यु मा वुटवल यातायात व्यवसायी समितीद्धारा संचालित जीप संचालित छन । जीपको क्यु काटेर वस संचालन गर्न लाग्दा पश्चिम नेपाल वस व्यवसायी संघले अवरोध गरेको वुटवल यातायात व्यवसायी समितीका अध्यक्ष दिलबहादुर थापाले बताए । उनले भने– पश्चिम नेपाल संग आ –आफै व्यवस्थापन गर्ने सहमती अनुसार वस संचालन गर्न थालेका छौ ।’ उनले संघसंग वस संचालनको विषयमा कुनै विवाद नभएको दावी गरे । ‘यो देउराली यातायात व्यवसायी समितीसंगको कुरा हो संघसंगको होईन ।’ उनले भने–सरोकार नै नभएको पश्चिम नेपाल वस व्यवसायी संघले किन अवरोध गर्ने ?’ दुई वर्ष अघि देखी नै समिती र संघ विचको सम्झौता खारेज भएकाले सार्वजनिक सवारी साधन संचालनमा समितीले आफै व्यवस्थापन गर्न पाउनु पर्ने उनको भनाई छ ।
यस क्षेत्रमा सार्वजनिक सवारी साधनमा पश्चिम नेपाल वस व्यवसायी संघको वोलवाला चल्ने भएकाले अन्य यातायाता व्यवसायी समितीकाले संघलाई दादागीरी गरेको आरोप लगाउछन । उनिहरुको भनाई छ – पश्चिम नेपाल वस व्यवसायी संघको दादागिरीले संघमा आवद्ध नभएका व्यवसायी मर्कामा परेका छौ ।’ वुटवल यातायात व्यवसायी समिती मार्फत २ सय भन्दा वढि सार्वजनिक सवारी साधन संचालनमा छन । संघका कारण स्टेनवाई रहेका ४ वटा वस संचालन गर्न नसकिएको समितीमा आवद्ध व्यवसायीहरु गुनासो गर्छन ।

यता पश्चिम नेपाल वस व्यवसायी संघका अध्यक्ष दधिराम खरेलले त्रिपक्षीय सहमती विना वस संचालन गर्न नदिने बताए । ‘केही सहमती सम्झौता छैन त्यत्ति कै बस संचालन गर्न पाइन्छ ?’ उनले भने– अर्घाखाचीमा वस चलाउन देउराली हामी र वुटवलको त्रिपक्षिय सम्झौता हुनुपर्छ ।’ उनले आफू एक्लैले मात्र खान खोज्छु भन्नु वुटवल समितीको समस्या भएको बताए । ‘सार्वजनिक सवारी साधन धेरै छन तिनका सवै संचालकले वरावर खान पाउनु पर्छ ।’ उनले भने– मै मात्र खान्छु भनेर पाउने अवस्था छैन ।’ उनले जीप संचालन भईरहेको क्युमा वस संचालन गर्न नपाईने बताए । उनले त्रिपक्षीय सम्झौता विना अर्घाखाचीमा वुटवल यातायात व्यवसायी समितीको बस संचालन गर्न नदिने बताए । सार्वजनिक सवारी साधनको रुट तथा संचालनको कार्य व्यवस्थामा सरकारले ध्यान दिन नसक्दा यातायात व्यवसायीहरुको विवादले वेला –वेलामा यस्तो समस्या आउने गरेको छ ।

0 comments
तपाईंको प्रतिकृया