Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
‘बन बिकासका लागी दशबर्षे कार्ययोजना’

बुटवल, २३ जेष्ठ । बन तथा भु—संरक्षण मन्त्री महेश आचार्यले बनको दिगो बिकास र संरक्षणका लागि सरकारले दशबर्षे कार्ययोजना अघि सारेको बताउँदै यसलाई सफल बनाउन सबैको सहयोग आवश्यक रहेको बताए ।
सामुदायिक बन उपभोक्ता समुह, बुटवलको १८ औँ साधारण सभा तथा बार्षिक उत्सव समारोहलाई सम्बोधन गर्दे उनले बनको संरक्षण र बैज्ञानिक बिकास गर्न सकेमा मुलुकको आर्थिक बिकासमा महत्वपुर्ण भुमिका खेल्ने बताए । उनले आगामी दशक बैज्ञानिक बन दशक हुने बिश्वास ब्यक्त गरे ।
जनताको आर्थिक उन्नतीका लागि बन सहयोगी हुने बताउदै मन्त्री आचार्यले चुरे संरक्षण अभियानलाइ प्रभावकारी बनाउनु पर्ने कुरामा जोड दिए । उनले भने– बन जंगलको संरक्षणमा जति सरकारको दायित्व छ, उति जनताको पनि छ ।’
जैबिक बिविधताको संरक्षण गर्नसकेमा मात्र आर्थिक उपार्जनको बाटो खुल्ने र आयआर्जनमा समेत बृद्धी हुने भएकोले उपभोक्ताहरु त्यसतर्फ अग्रसरहुन आग्रह गरे ।

0 comments

तपाईंको प्रतिकृया