Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
एकताद्धारा सर्वसाधारणका लागी शेयर विक्रि

बुुटवल २० जेठ । बुटवलमा प्रधान कार्यालय रहेको एकता विकास वैकले सर्वसाधारणको लागी
शेयर निष्कासन गरेको छ । जारी पुजीको ४० प्रतिशतले हुने  करिव ८ करोड शेयर रकम विक्रि गर्न लागीएको उक्त वैकले जनाएको छ ।
वैकको अधिकृत पुजी ४० करोड जारी पुजी २० करोड,  र चुक्ता पुजी १२ करोड रहेको छ । मंगरवार वुटवलमा आयोजित पत्रकार सम्मेलनमा वैकका प्रमुख कार्यकारी अधिकृत धु्रव कुमार पौडेलले शेयर जारी पश्चात वैकको चुक्ता पुजी २० करोड पुग्ने जानकारी दिए । उनका अनुसार असार मसान्त भित्र शेयर वाडफाड गर्ने वैकले लक्ष्य लिएको छ । शेयर निष्कासनको प्रवन्धकमा  एनएमवि क्यापिटल वैक लिमिटेड काठमाडौलाई नियुक्त गरिएको छ ।
 आज वुधवार देखी शेयर खरिदको लागी आवेदन खुल्ला गरीएको र ढिलोमा असार ४ गते सम्म आवेदन लिईने  वैकले जनाएको छ । शेयर आवेदन गर्न प्रति कित्ता १ सयका दरले कम्तीमा ५० कित्ता र वढिमा १लाख कित्ता सम्म आवेदन गर्न सकिने प्रमुख कार्यकारी अधिकृत पौडेलले जानकारी दिए ।  उनले सर्वसाधारणका लागी जारी गर्न लागेको शेयरमा स्थानियको पहच पुराउने उदेश्यले एकता विकास वैकका सम्पुर्ण शाखा, एनएमवि वैकका देशभरका २१ शखाहरु, तिनाउ विकास वैक सेवा विकास वैक र काठमाडौको मर्चेन्ट वैकिङ कारोवार गर्ने संस्थाहरु गरी ४० स्थानवाट शेयर आवेदन गर्न सकिने व्यवस्था मिलाएको जानकारी दिए ।
वि सं २०६८ कार्तिक ७ गतेदेखी वैकिङ कारोवार शुरु गरेको उक्त वैकले कपिलवस्तुको पिपरा वनगाई ,चन्द्रौटा, रुपन्देहीको देवीनगर भैरहवा केरवानी,  दाङको घोराही, तुल्सीपुर शाखा र प्रधान कार्यलय सहित ९ स्थानवाट १७ हजार ग्राहकलाई वैकिङ सेवा प्रदान गर्दे आएको छ ।  वैकका अध्यक्ष डा. धु्रवप्रसाद ढकालले ग्राहकको चाहना र आवश्यकता अनुसार सेवा विस्तार गर्दै लैजाने वैकको भावी योजना रहेको बताए । 

0 comments

तपाईंको प्रतिकृया