Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
ढुकुटी खेल्नु बैंकिङ कसुर

बैंकिङ कसुर गर्नेलाई १० वर्ष जेल सजायँको प्रस्ताव
 काठमाडौं २१ जेठ। नेपाल राष्ट्र बैंकले  नयाँ मस्यौदामा ढुकुटी खेललाईसमेत बैंकिङ कसुर गरेको अपराध अन्तरगत राखेको छ । मस्यौदामा सहकारीको ठगी र ढुकुटी खेललाई समेत राष्ट्र बैंकले बैंकिङ कसूरको परिभाषाभित्र समावेश गरेको हो।
नेपाल राष्ट्र बैंकले बैंकिङ कसुरमा १० वर्षसम्म जेल सजायँको प्रस्तावसहितको बैंकिङ कसूर तथा सजाय ऐनको संसोधन मस्यौदा अर्थ मन्त्रालयलाई बुझाएको छ। हाल बैंकिङ कसूरमा अधिकतम ४ वर्षको मात्रै जेल सजायँ तोकिएको छ ।
जेल सजायँ न्यून भएकाले बैंकिङ कसूरसम्बन्धी अपराध बढेको भन्दै राष्ट्र बैंकले १० वर्षसम्म जेल सजायँ गर्न प्रस्ताव गरेको हो । यो प्रस्ताव अनुसार ऐन बनेमा हत्या र ठूलो आकारको लागू औषधको कारोबार पछिको दोस्रो ठूलो सजायँ यही ठहरिने छ ।
 ५० करोड रुपैयाँभन्दा बढी ठगी गर्नेलाई सोही बराबरको जरिवाना र १० वर्षसम्म कैद, न्यूनतम सजायँमा पनि १ लाख रुपैयाँ जरिवाना र एक वर्ष जेल सजायँको प्रस्ताव गरेको नेपाल राष्ट्र बैंकका एक अधिकारीले जानकारी दिए । 
हाल बैंकिङ कसूर ऐनमा एक करोड वा त्यो भन्दा माथि ठगी गरेमा विगो असूल र ४ वर्षसम्म जेल सजायँ र १० लाख रुपैयाँभन्दा कमको बिगोमा एक वर्षसम्म जेल सजायँ गर्न सक्ने कानूनी व्यवस्था छ ।
हाल विद्यमान सजायँ न्यून भएको भन्दै गत जेठ २ गते सहकारी जाँचबुझ आयोगले पनि प्रधानमन्त्रीलाई सजायँ बढाउन सुझाब दिएको थियो । विषेश अदालतका पूर्वन्यायधीस गौरीबहादु कार्कीको संयोजकत्वको आयोगले सहकारीमा ठगी गर्नेलाई समेत १५ देखि २० वर्षसम्म जेल सजायँको व्यवस्था गर्न सुझाव दिएको थियो ।

0 comments

तपाईंको प्रतिकृया