Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
बिवादले वालिका पढ्नबाट बन्चित

विद्यालयले भर्ना नलिएको गुनासो सुनाउदै अभिभावकसावित्री टण्डनको साथमा पढ्नबाट वन्चित वालिका  सृष्टी ।
बुटवल १६ असार (सुपरखबर) । नेपालीमा एउटा उखान छ ‘साढे साढेको लडाई बाच्छा– बाच्छीको मिचाई’ । बुटवलको एक सामुदायीक विद्यालयमा यो उखानको चरितार्थ भएको छ ।  विद्यालय व्यवस्थापनि समितीका अध्यक्ष र पुर्व सदस्यको विवादले एक वालिका अध्ययनवाट बन्चित भएकी छन । 
नेपाली कांग्रेसका स्थानिय नेता समेत रहेका पुर्व सदस्य चित्रवहादुर वर्मा र अध्यक्ष कद्धरवहादुर रायमाझीको आन्तरिक कलहमा ति वालिका मुछिएकी हुन । बुटवल –१३ स्थित नविन औद्योगिक कदरबहादुर रिता उच्च माविका विद्यालय व्यवस्थापन समितीका अध्यक्ष रायमाझी र पुर्व सदस्य वर्माको जुगाको लडाईले वुटवल १३ देवीनगरकी सावित्री टण्डन र शंकर टण्डनको छोरी सृष्टी टण्डन विद्यालयमा भर्ना हुन नपाएकी हुन । 
 वर्मालाई सदस्य पदबाट हटाएको थियो भने अध्यक्षको रायमाझीको पदावधी सकिएको  ५ महिना पुगी सकेको छ । रायमाझीलाई हटाउन  वर्मा लागेकाले उनिहरुको सम्वन्ध विग्रिएको श्रोतको भनाई छ । उनीहरुको लडाईमा सृष्टी चेपुवामा परेका हुन । 
सृष्टी टण्डन मुटुको विरामी छिन । न्यू होराईजन स्कुलमा कक्षा ६ मा अध्ययनरत उनी मुटुको विरामीको कारण पढाई छाड्नु परयो । २ पटक सम्म मुटुको अपरेशन  गरेकी उनले अध्ययनमा रुची देखाएपछि अभिभावकले नजिकको सरकारी स्कुलमा भर्ना गर्न भनेर  कदरबहादुर रिता उच्च माविका विद्यालय  पुगेका थिए । विद्यालयको शिक्षाको गुणस्तरसंग जोडेर सृष्टीलाई विद्यालयले भर्ना गर्न नमानेको  सावित्री टण्डनले वताईन । ‘ प्रअ सरले इन्टन्स दिनु पर्छ, कमजोर विद्याथीलाई भर्ना लिन सक्दैनौ भन्नुभयो । ’ उनले भनिन– माघ महिना देखी नै मैले छोरीलाई भर्ना गर्न प्रयास गरेकी हु तर विद्यालयले भर्ना लिन मानेन ।’ नजिकको सरकारी विद्यालयले भर्ना नगरेपछि उनी जिल्ला शिक्षा कार्यालय रुपन्देहीको ढोका ढक्ढकाउन पुगेकी थिईन । जिल्ला शिक्षा कार्यालयले सृष्टी टण्डनलाई भर्ना गर्न विद्यालयलाई पत्र काट्यो  । 
जिशिकाको पत्रको जवाफ पठाउदै विद्यालयले भर्ना गर्न नसकिने वताएपछि उनका अभिभावक जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका थिए । प्रशासनलाई गुहार्दा समेत सृष्टीलाई भर्ना गर्न नसकेपछि पुनरावेदन अदालत पुगेको उनले बताईन  ।  ‘कमजोर विद्यार्थी किन पढ्न नपाउने भनेर जवाफ खोज्न अदालत सम्म पुगे ।’ सोमवार उनले संचारकर्मीहरुसंग भनिन– मैले छोरी भर्ना गर्न सकिन ।’  उनका अनुसार अदालतले विद्यालयलाई ‘ सृष्टी टण्डनलाई विद्यालयमा भर्ना गर्न गराउने सम्वन्धमा आवश्यक प्रकृया अगाडी वढाउन‘ आदेश दिएको छ । पुनरावेदन अदालतले विद्यालयको नाममा यस्तो आदेश असार ५ गते जारी गरेको हो । आदेश पत्र आए लगत्तै विद्यालयले निवेदन रद्द गरि पाउ भनेर अदालतमा निवेदन पेश गरेको छ । 
अदालतले भर्ना प्रकृया अघि वढाउन  आदेश गरे पनि भर्ना गर्न आनाकानी गरेको उनका छिमेकी लोकराज पोखरेलले बताए । उनले भने – मैले प्रअलाई भेटेर भर्ना गर्न अनुरोध गरे उहाले माथीको आदेश भन्दै भर्ना लिनु भएन ।’ श्रोतका अनुसार सृष्टीका अभिभावक चित्रवहादुर वर्मासंग नजिक छन । त्यसैले विद्यालय व्यवस्थापन समितीका अध्यक्ष कदरबहादुर रायमाझी भर्ना लिन चाहेका छैनन । यि दुवै कांग्रेसका स्थानिय नेता हुन । कदरवहादुर रायमाझी अवैध अध्यक्ष भन्दै चित्रवहादुर वर्माको टोली अध्यक्ष पदबाट हटाउने अभियानमा लागेको बुझिएको छ  ।  सृष्टीको अभिभावकले वर्माको पक्ष लिएको भन्दै  रायमाझीले भर्ना नलिन प्रधानाध्यापक प्रेमबहादुर बस्नेतलाई दवाद दिने गरेको श्रोतको दावी छ । 
विद्यार्थीलाई हतियार बनाएर विद्यालयमा राजनितीक गर्दा शिक्षाको गुणस्तरमा कमि आउन सक्ने अभिभावकहरु बताउछन ।  उता विद्यालयका प्राचार्य  प्रेमबहादुर वस्नेतले ‘इन्टन्स’ लिने विद्यालयको नियम भएकाले इन्टन्स विना भर्ना गर्न नसकीने बताए । ‘यो विद्यालयले बनाएको नियम हो यसलाई मिचेर म कसरी भर्ना गरु ? उनले बुटवल टुडेसंग भने –‘ इन्टन्स फेल भएका ६–७ सय विद्यार्थी छन उनिहरुलाई के जवाफ दिने ?’ तर शिक्षा नियमावलीमा इन्टन्स पास गरेर मात्र विद्यार्थी कक्षामा भर्ना हुन पाउने भन्ने केही व्यवस्था गरिएको छैन । यस विषयमा वुझ्दा  खोज्दा विद्यालय व्यवस्थापन समितीका अध्यक्ष कद्दरबहादुर रायमाझीले सम्पर्कमा आउन चाहेनन । 

0 comments

तपाईंको प्रतिकृया