Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
अर्थमन्त्रालयबाट ६० वढि पत्रकार पक्राउ

काठमाडौं १७ असार । लोककल्याणकारी विज्ञापनको भुक्तानी र अदालतको अबहेलना सम्बन्धी बिधेयक फिर्ता हुनुपर्ने माग गर्दै सिंहदरवारमा प्रदर्शन गर्न पुगेका पत्रकारहरुलाई प्रहरीले पक्राउ गरेको छ । 
नेपाल पत्रकार महासंघ उपत्यका समितिको आह्वानमा अर्थमन्त्रालय घेराउ गर्न गएका पत्रकारहरुलाई प्रहरीले निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै पक्राउ गरेको हो । उपत्यका संयोजक इश्वरी वाग्ले, काठमाडौं जिल्ला अध्यक्ष गोविन्द चौलागाई, ललितपूर अध्यक्ष लेखनाथ न्यौपाने र भक्तपूर अध्यक्ष अमर भुजु सहित ६० पत्रकारलाई पक्राउ गरि सिंहदरवार प्रहरी प्रभागमा राखिएको क्रान्तिकारी पत्रकार संघ ललितपूकरा अध्यक्ष ज्ञानप्रसाद पौडेलले जानकारी दिए । गत आर्थिक वर्षको बजेट भाषणमा २५ प्रतिशत बृद्धि गरिएको लोककल्याणकारी विज्ञापनको भुक्तानी तत्काल हुनुपर्ने माग गर्दै साना लगानीका पत्रिका सन्चालकहरु आन्दोलित भएका हुन् ।
पत्रकारहरुले गत वर्ष बृद्धि भएको रकमको भुक्तानी र यसवर्षको बजेटमा शतप्रतिशत बृद्धिको माग गरेका छन् । तत्कालिन अर्थमन्त्री शंकर कोइरालाले लोककल्याणकारी विज्ञापनको रकममा २५ प्रतिशत बृद्धि भएको बजेट भाषणमै उल्लेख गरेका थिए । तर सूचना तथा सन्चार मन्त्रालयले सो बृद्धि भएको रकम अघिल्लो आर्थिक वर्षको घाटा पूर्तिका लागि भन्दै सन्चारमाध्यमलाई भुक्तानी दिन अस्वीकार गरेको छ ।
तत्कालिन खिलराज रेग्मी सरकारका सन्चारमन्त्री माधव पौडेलले २५ प्रतिशत रकम बृद्धि अनुरुप पत्रपत्रिकालाई भुक्तानी दिने प्रस्ताव मन्त्रिपरिषदमा लगेर पारित गराए पनि रामशरण महत अर्थमन्त्री भएर आएपछि रोकिएको आरोप पत्रकारहरुको छ ।

0 comments

तपाईंको प्रतिकृया