Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
युवा लक्षित कार्यक्रम ल्याउन आग्रह

बुटवल २६ असार । सरकारले वजेट ल्याउने तयारी गरिरहेका वेला नेपाल तरुण दलले युवा लक्षित कार्यक्रम ल्याउन माग गरेको छ । 
तरुण दलले अर्थ मन्त्री डा. रामशरण महतलाई ज्ञापन पत्र बुझाई युवा लक्षित कार्यक्रम वजेटमा समावेस गर्न माग गरेको हो ।  ज्ञापन पत्रमा युवालाई स्वरोजगार बनाउनका लागि कृषि पर्यटन पर्वद्धनका साथै बिना धितो ५ लाख रुपैंया सम्म ऋण उपलव्ध गराउन माग गरिएको छ । त्यस्तै शिक्षा स्वास्थ्य आवास र रोजगारीलाई प्राथमिकता दिन, रुग्ण उद्योग सञ्चालन, उर्जा संकट समाधान, खुला विश्व बिद्यालयको स्थापना जस्था बिषयलाई महत्वका साथ वजेटमा समावेस गर्न माग गरिएको नेपाल तरुण दलका केन्द्रीय सदस्य चिरञ्जिवी जोशीले जानकारी दिए । 
यस्ता कार्यक्रम सञ्चालन गर्दा युवाको स्तर उन्नती हुने र राष्ट्रकालागि पनि योगदान पुग्ने तरुण दलले बिश्वास गरेको छ । त्यस्तै पहिलेका सरकारले सञ्चालन गरेका गरिव संग बिशेश्वेर, गणेशमान शान्ति अभियान जस्ता कार्यक्रमलाई निरन्तरता दिन पनि आग्रह गरेको छ । जनतासंग प्रतयक्ष रुपमा जोडिएका र प्रभावकारी पनि भएकाले त्यस्ता कार्यक्रमलाई निरन्तरता दिन माग गरिएको केन्द्रीय सदस्य जोशीले बताए । 

0 comments

तपाईंको प्रतिकृया