Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
एमाले महाधिवेशनस्थल तनावग्रस्त

मतदान  दिउँसो ३ बजेपछि मात्र
काठमाडौं २७ असार । एमालेका दुई गुटका कार्यकर्ता आरोप प्रत्यारोप लगाउदै नाराबाजीमा उत्रिएपछि महाधिवेशनस्थल भृकुटीमण्डप तनावग्रस्त बनेको छ ।
एक अर्काविरुद्ध चर्का नाराबाजी गर्दै दुवै प्यानलका नेता कार्यकर्ता आरोप प्रत्यारोपमा  उत्रिएपछि महाधिवेशनस्थल तनावग्रस्त बनेको हो । आारसहिता विपरित दुबैपक्षका कार्यकर्ता पर्चा, पोष्टर र उम्मेदवार सहित नाराबाजी गरिरहेका छन । पार्टीको आन्तरिक प्रतिस्पर्धा भए पनि माहौल भने दुई दलबीचको प्रतिस्पर्धाको जस्तो छ । मतदान प्रक्रिया शुरु हुनुअघि नै महाधिवेशनस्थलमा तनाव श्रृजना भएपछि
विहानबाट शुरु गरिने भनिएको मतदान प्रक्रियामा पनि ढिलाई भएको छ ।
 विहान ८ बजेबाट शुरु गरिने भनिएको मतदान मतपत्र छपाईको काम नसकिएपछि अपरान्हबाट मात्रै शुरु हुने निर्वान समितीले जनाएको छ । विहान ११ बजेभित्र पनि मतपत्र नआएपछि मतदान प्रक्रिया दिउँसो ३ बजेपछि मात्र शुरु हुने छ । इलेक्टेोनिक्स भोटिङ मेसिनवाट मतदान गर्ने तयारी गरेपनि त्यसको विरोध भएपछि मतपत्र छाप्न थालिएको हो । अन्य तयारी पूरा भएपनि मतपत्र छपाई भएको ढिलाइ मतदान प्रक्रिया पछि सरेको निर्वाचन आयोगले जनाएको छ ।
१५ पदाधिकारीसहित एक सय ५९ सदस्यीय कार्यसमिति चयनका लागि निर्वाचन हुन लागेको एमाले महाधिवेशनमा दुई सय पदका लागि ४ सय १५ जना उम्मेदवार छन् । एमालेको महाधिवेशनमा सहभागी २ हजार १ सय ७६ जना प्रतिनिधिले मतदान गर्ने छन् ।

0 comments

तपाईंको प्रतिकृया