Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
बिधुतीय रिक्साले लियो ज्यान


बुटवल १७ असार । केही दिन अघि मात्र संञ्चालन गरीएको बिधुतीय रिक्सा दुर्घटना हुदा ३ जनाको मृत्यु भएको छ ।    बुटवल नगरपालिका लक्ष्मीनगर वस्ने ३६ वर्षिया पिताम्वर ज्ञवाली, ३५ वर्षिय हिरा आचार्य, वुटवल १३ की ६४ वर्षिया तारादेवी गाहाको घटनास्थल मै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।  पाल्पा स्थीत सिद्धवावा मन्दिरबाट पुजा गरेर बुटवल फर्कने क्रममा  दुर्घटना भएको  प्रहरीलेले जनाएको छ ।  घटनामा अन्य ३ जना घाईते भएका छन ।
 घटनामा परि लिम्घा ७ गुल्मी घर भई बुटवल बस्दै आएका ७ बर्षिय सुभाष ज्ञवाली, बुटवल ५ बस्ने ३४ बर्षिय भगवती रायमाझी र बुटवल १३ देवीनगर बस्ने मिना गाह घाईते भएका  छन ।
घाईतेहरु तिनै जनाको टाउकोमा चोट लागेको र अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । रिक्सा चालक यादव राय प्रहरी नियन्त्रणमा रहेका छन । मानिसले चलाउनु पर्ने  रिक्सा  बिस्थापित गरी बुटवलको टाफिक ब्यबस्थापन गर्ने भन्दै बिधुतीय रिक्सा सञ्चालनगरिएको थियो । 
साधारण तरीकाले मानिसले चलाउने पर्ने रिक्सा चालकहरुबाट बिना प्रशिक्षण रिक्सा चलाउन थालीएका कारण दुर्घटनाको भएको अनुमान गरिएको छ ।  निकै चर्चाका साथ संचालन गरिएको बिधुतीय रिक्सा केही दिनमै दुर्घटनामा परेपछि यसको सुरक्षाको विषय गम्भिर बनेको छ ।  

0 comments

तपाईंको प्रतिकृया