Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
मतपरिणामको प्रतिक्षामा एमाले

काठमाडौँ २८ असार । रातभरी लगाएर मतदान गरेका एमालेका नेता कार्यकर्ताहरु मत परिणामको  प्रतिक्षामा छन ।
 प्यानल नै वनाएर चुनावी मैदानमा उत्रिएका  अध्यक्ष पदका उम्मेवार नेता मात्वध कुमार नेपाल र केपी शर्मा ओली र तिनीहरुका प्यानलका उम्मेदवार मात्र होईनन सिंगो एमाले तथा एमालेसंग जोडिएको मतपरिणामले मुलुकको राजनितीलाई कता डोरयाउछ भन्ने कुरामा चासो दिनेहरुका लागी पनि यो प्रतिक्षाको घडी वनेको छ । 
नेतृत्व चयनको लागी  शुक्रबार बेलुकी साढे ५ बजेबाट सुरु भएको मतदान शनिवार विहान ३ बजे सकिएको थियो । जसमा कूल दुई हजार १ सय ७६ प्रतिनिधि रहेको २१ सय ५४ जना प्रतिनिधिले मतदान गरेका थिए । मतदान प्रक्रियामा २२ प्रतिनिधि अनुपस्थित रहेको निर्वाचन आयोगले जनाएको छ ।
 निर्वाचनको मतगणना अपरान्ह ३ बजेबाट मात्र सुरू हुने भनिएो छ । मतपेटिकाहरू दशरथ रंगशालाको कभर्ड हलमा पुर्याइएको छ । यस अघि दिउँसो १ बजेबाट मतगणाना सुरू हुने भनिएको थियो । तर, तयारी नपुगेपछि ३ बजेका लागि सारिएको निर्वाचन आयोगका अध्यक्ष सोमनाथ प्यासीले  जानकारी दिए ।
उनका अनुसार सुरुमा पदाधिकारीको मात्रै मतगणना गरिने छ ।  पदाधिकारीको मतगणना सकिएपछि मात्रै केन्द्रीय सदस्य र केन्द्रीय आयोगको मतगणना एकै साथ सुरु गरिनेछ । 

0 comments

तपाईंको प्रतिकृया