रुपन्देहीमा साढे ११ करोड रकम फ्रिज
जिल्लामा आएको ६ अर्व ८२ करोड ४ लाख नौ हजार मध्य ६१ करोड ४७ लाख ३९ हजार रुपियां फ्रिज भएको छ । जस अन्तर्गत चालु खर्च तर्फ २९ करोड ९९ लाख ४५ हजार र पूर्जिगत खर्च तर्फ ३१ करोड ४७ लाख ९४ हजार रुपैया फ्रिज भएको कोष तथा लेखा नियन्त्रकको कार्यालय रुपन्देहीका प्रमुख श्रीकृष्ण नेपालले जानकारी दिए ।
जिल्लाका ९५ बटा कार्यालयका लागि आएको बजेट मध्य सबै भन्दा बढी किसानका लागि उन्नत विउ विजन कार्यक्रम कायान्वयन कार्यालयले १० करोड १७ लाख १६ हजार रुपैया फ्रिज गराएको छ । त्यसै गरी शहरी बिकास तथा भवन निमार्ण बिभाग डिभिजन कार्यालयले ९ करोड २३ लाख ९२ हजार, डिभिजन सडक कार्यालयले ७ करोड ६५ लाख ८८ हजार, जिल्ला बिकास समितिले ६ करोड ४६ लाख ४ हजार रुपैया फ्रिज गरेको छ ।
त्यस्तै भैर।हवा भन्सार कार्यालयले ५ करोड १६ लाख १ हजार, जिल्ला शिक्षा कार्यालयले ४ करोड ७५ लाख २६ हजार, व्यापारी मार्ग बिस्तार आयोजना वेलहिया बुटवल सडकले ३ करोड ५१ लाख ६९ हजार, जिल्ला जनस्वास्थ्य कार्यालयले २ करोड ६२ लाख ७१ हजार, पश्चिमाञ्चल सिचाई बिकास डिभिजन नं. ६ ले १ करोड ६२ लाख ५२ हजार र जिल्ला प्रशाशन कार्यालय रुपन्देहीले ९० लाख ५९ हजार रुपैया फ्रिज भएको छ । बजेट ढिला गरी आएकाले काम गर्न नसक्दा फ्रिज हुन पुगेको सम्बन्धीत कार्यालयका प्रमुख हरुले बताए ।
आर्थिक वर्षको अन्त्यतिर वजेट सक्ने कार्य मात्र भएको देखिन्छ । जिल्लामा आएको ६ अर्व ८२ करोड ४ लाख नौ हजार मध्य ६१ करोड ४७ लाख ३९ हजार रुपियां मध्य १६ प्रतिशत रकम जेष्ठमा र ४० प्रतिशत रकम असार मसान्तमा सकिएको कोस तथा लेखा नियन्त्रक कार्यालयको तथ्याङले देखाएको छ । जनताले १० महिनामा केहि काम गर्न नसक्ने निकायले २ महिनामा ५६ प्रतिशत रकम सकेपछि कसरी गुणस्तरीय हुन्छ प्रश्न गरेका छन ।


0 comments
तपाईंको प्रतिकृया