Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
६ खर्ब १८ अर्बको बजेट सार्वजनिक

काठमाडौं २९ असार। सरकारले आगामी आर्थिक वर्षका लागि ६ खर्ब १८ अर्ब १० करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
जसमध्ये चालु खर्चतर्फ ३ खर्ब ९८ अर्ब ९५ करोड ११ लाख ९५ हजार रुपैयाँ विनियोजन गरिएको छ । पूँजीगत खर्चतर्फ १ खर्ब ६६ अर्ब ७५ करोड ८५ लाख ४२ हजार रुपैयाँ र वित्तीय व्यवस्थापनतर्फ १ खर्ब २ अर्ब ३९ करोड ३७ लाख ६३ हजार रुपैयाँ विनियोजन गरिएको छ । जुन रकम कुल बजेटको क्रमशः ६४.५ प्रतिशत, १८.९ प्रतिशत र १६.६ प्रतिशत हो ।
गत आर्थिक वर्षमा सरकारले ५ खर्ब १७ अर्ब २४ करोड रुपैयाँको बजेट ल्याएको थियो । जसमा चालु खर्चतर्फ कुल बजेटको ६८.३३ प्रतिशत ३ खर्ब ५३ अर्ब ४२ करोड रुपैयाँ विनियोजन गरिएको थियो । त्यस्तै, पूँजीगत खर्चतर्फ ८५ अर्ब १० करोड अर्थात १६.४५ प्रतिशत र वित्तीय व्यवस्थातर्फ १५.२२ प्रतिशत ७८ अर्ब ७२ करोड रुपैयाँ विनियोजन गरिएको थियो ।
सरकारले गत आर्थिक वर्षको बजेटमा विकास कार्यक्रमका लागि ४६.७ प्रतिशत २ खर्ब ४१ अर्ब ५८ करोड रुपैयाँ र साधारण प्रशासनतर्फ ५३.३ प्रतिशत २ खर्ब ७५ अर्ब ६६ करोड रुपैयाँ विनियोजन गरेको थियो ।

0 comments

तपाईंको प्रतिकृया