जर्मनीले चुम्यो विश्वकपको उपाधी
अर्जेन्टिनालाई पराजित गर्दै जर्मनीले विश्वकप फुटबलको उपाधि जितेको छ । सोमबार विहान भएको फाइनल भिडन्तमा अतिरिक्त समयमा अर्जेन्टिनालाई १–० गोल अन्तरले पराजित गर्दै जर्मनीले चौथो पटक विश्वकपको उपाधि उचालेको हो ।
जर्मनी दक्षिण अमेरिकी भूमिमा विश्वकप जित्ने पहिलो युरोपेली मुलुक समेत बनेको छ । माराकाना रंगशालामा भएको खेलमा जर्मनीका लागि ११३ औं मिनेटमा मारियो गोटेजले निर्णाायक गोल गरेका थिए । आन्द्रे सुर्लेको क्रसलाई छातिले नियन्त्रणमा लिँदै उनले आकर्षक भली गोल गरे ।

११७ औं मिनेटमा मेस्सीको हेडर बारको केहीमाथिबाट बाहिरियो भने ११९ औं मिनेटमा मेस्सीको फ्रिकिकले सही दिशा लिन नसकेपछि जर्मनीको जित पक्का भयो। यसअघि निर्धारित ९० मिनेटको खेलमा अर्जेन्टिनाले गोल गर्ने सुन्दर अबसर खेल फालेको थियो । १९ औं मिनेटमा अर्जेन्टिनाका गोन्जलो हिगुइन वान भर्सेज वानमा चुकेका थिए । ३१ मिनेटमा लाभाजीको पासमा हिगुइनले गोल गरेपनि रेफ्रीले अफसाइड दिए ।

0 comments
तपाईंको प्रतिकृया