यस्ता छन बजेटका प्राथमिकता
बुटवल २८ असार । सरकारले आर्थिक बर्ष २०७१–७२ को नयाँ बजेट असार २९ गते सार्वजनिक गर्देछ । अर्थमन्त्री डा रामशरण महतले आइतवार ४ बजे व्यवस्थापिका संसदमा नयाँ बजेट पेस गर्न कार्यक्रम तय भएको छ । जुन वजेट ६ खर्ब बढीको हुने छ ।
सरकारले पूर्वाधार विकास, गौरवका आयोजना, उर्जा, कृषिलाई वजेको प्राथमिकतामा राखेको छ ।
बजेटमा सरकारले पूर्वाधारका विकासका कार्यक्रमहरुलाई उच्च प्राथमिकता दिएको छ । नेपाल जस्तो अल्पविकसित राष्ट्रलाई सन २०२२ सम्ममा विकाशिल देशको सुचीमा पुर्याउने लक्ष्य निर्धारण गरको छ । उक्त लक्ष्यलाई हाँसिल गर्नको लागि सरकाले भौतिक संरचना निर्माणमा तिब्रता दिने, देशका कुना काप्चामा सडक विस्तार गरेर सबै क्षेत्रलाई सडक संजालमा जोड्ने, द्धन्द्धका क्रममा क्षति भएका भौतिक पूर्वाधारको पुनःनिर्माण गर्ने अर्थ मन्त्रालय अन्र्तगतको बजेट महाशाखाले जनाएको छ ।
सरकारद्धारा पहिले नै घोषित विभिन्न दश राष्ट्रिय गौरवका आयोजनालाई पनि बजेटले उच्च प्राथमिकता दिएको बजेट महाशाखाले बतायो । सरकारले मध्यपाहाडी लोकमार्ग, काठमाडौं – तराइ–मधेश दु्रत मार्ग, हुलाकी मार्ग, उत्तर –दक्षिण करीडोर, पूर्व–पश्चिम रेलमार्ग, विमानस्थल लगाएतका ठुला आयोजनालाई राष्ट्रिय गौरवका आयोजनाको रुपमा घोषणा गरेको छ । ती योजनालाई कुनै पनि अबरोध बिना संचालन गर्नको लागि प्रयाप्त मात्रामा बजेट बिनियोजन गरिएको छ भने अरु आयोजनालाई पनि राष्ट्रिय गौरवका आयोजनामा समाबेश गर्नको लागि काम थाल्ने सरकारको लक्ष्य छ ।
जलस्रोतमा धनी भए पनि उर्जा संकटबाट आक्रान्त भएको नेपाललाई छिट्टै लोडसेडीङबाट मुक्त गर्नका लागि निर्माणाधिन जलविद्युतको निर्माणलाई तिब्रता दिने, विद्युत प्रसारण लाइनको विस्तार गर्ने, नयाँ परियोजनामा विदेशी तथा स्वदेशी निजी क्षेत्रको लागानीलाई आर्कषित गर्ने गरि कार्यक्रम ल्याउने भएको छ । बहुसंख्यक नागरिक कृषिमा आवद्ध भएको नेपालका लागि कृषि क्षेत्रको आधुनिकीकरणको लागि जोड दिएको सरकारले बढ्दो बिदेश पलायन र उच्च बैदेशीक व्यापार घाटा कम गर्न पनि नयाँ प्रविधिको प्रयोग, मलखादको सहज उपलब्धता र बजारको व्यापक विस्तारलाई जोड दिन विभिन्न कार्यक्रम बजेटमा समावेश गरिएको छ ।


0 comments
तपाईंको प्रतिकृया