Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
व्यवस्थापिका संसदमा बजेट छलफल

 काठमाडौ, असार ३१ – व्यवस्थापिका संसदमा बजेटबारे  छलफल सुरु भएको छ ।
अर्थमन्त्री  रामशरण महतले आइतबार पेस गरेको  आर्थिक वर्ष २०७१–०७२ को बजेटबारे  मंगलबार छलफल सुरु भएको हो ।
संसद वैठकमा छलफलको प्रस्ताव पेश गर्दै अर्थमन्त्री महतले सरकारले मुलुकको आर्थिक वृद्धिका लागि समग्र क्षेत्रमा सुधार र औद्योगीकरणको नीतिसहित नयाँ बजेट प्रस्तुत गरेको बताए ।
मन्त्री महतले विकासको मूल प्रवाहमा सबै निर्वाचन क्षेत्र आउन सकोस् भन्ने आशयका साथ निर्वाचन क्षेत्रलाई बजेटको व्यवस्था गरिएको स्पष्ट गरे ।
उनले दक्षिण एसियामै सामाजिक सुरक्षामा बढी खर्च गर्ने मुलुक भएकाले यसलाई दुरुपयोग हुन नदिन विशेष ध्यान दिइएको बताए ।
आरक्षण र सुविधामा मात्रै ध्यान दिनुभन्दा पनि शिक्षामा जोड दिने कार्यक्रम ल्याइएको उनले बताए  ।
उनले कृषकलाई आधुनिक उपकरण र सरल ब्याज छ प्रतिशत उपलब्ध भएमा कृषि क्षेत्रमा सुधार आउने, आगामी तीन वर्षभित्र ऊर्जा सङ्कट हट्ने, घर घरमा उत्पादित सोलार बत्ती नेपाल विद्युत् प्राधिकरणलाई बिक्री गर्न सक्ने अवस्था ल्याउनेतर्फ पनि बजेटले निर्देश गरेको बताए ।

0 comments

तपाईंको प्रतिकृया