ढुंगा, गिट्टी भारत निकासीमा रोक
काठमाडौँ १ साउन। चुरे क्षेत्रमा अनियन्त्रित उत्खनन् बढेपछि सरकारले ढुंगा, गिट्टी, बालुवा लगायतका निर्माणजन्य बस्तु भारत निकासीमा रोक लगाएको छ ।
ढुंगा, गिट्टी, बालुवा लगायतका निर्माणजन्य बस्तु साउन १ गते बिहीवारदेखि लागू हुने गरी भारत निकासी नगर्न ७५ वटै जिल्ला विकास समितिलाई निर्देशन समेत दिएको छ ।सरकारले निर्यातका लागि पूर्व इलामदेखि पश्चिम कञ्चनपुरसम्मका ३६ जिल्लालाई संरक्षण क्षेत्र घोषणा गरिसकलेकाले ढुंगा, गिट्टी आदि निर्माणजन्य बस्तुको निर्यातमा रोक लगाइएको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जनाएको छ ।
चुरेबाट अनियन्त्रित रुपमा ढुंगा, गिट्टी, बालुवा आदि निर्माणजन्य बस्तु उत्खनन् गरी भारत निकासी गरेको पाइएपछि रोक लगाइएको मन्त्रालयले जनाएको छ ।

0 comments
तपाईंको प्रतिकृया