Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
मुस्लिम आयोगद्धारा रमजान इफ्तार

बुटवल ३ साउन । मुस्लिम समुदायको पवित्र पर्व रमजानमा सनिवार नवलपरासी रामग्राम नगरिपालिका स्थित यस क्षेत्रको पुरानो मस्जिद जमिया मिस्कीन रहम्तुल्ला अलाय मस्जिद परिषरमा इफ्तार कार्यक्रममा सम्पन्न गरिएको छ  । एक महिना सम्म जारी रहने रमजानमा सुर्यअस्त पछि इफ्तार गरिन्छ । 
 राष्ट्यि मुस्लिम आयोगको आयोजनामा भएको उक्त कार्यक्रममा जिल्लाका सरकारी निकायको प्रमुख, शुरक्षा निकायका अधिकारीहरु, राजनितीक दलका नेता तथा प्रतिनिधीहरु सहभागी थिए । 
 आयोगका अध्यक्ष मोहम्मद निर्दाेष अलिले कार्यक्रममा सहभागीहरुलाई धन्यवाद ज्ञापन गर्दे धार्मिक सहिष्णुता कायम राख्न चाडपर्वहरुले महत्वपुर्ण भुमिका निर्वाह गर्ने बताए । उनले आयोगद्धारा मुस्लिम समुदायको पर्व रमजानको अवसरमा विभिन्न जिल्लामा इफ्तार कार्यक्रम गरिएको जानकारी दिए । कार्यक्रममा मुस्लिम अगुवा बुद्धन अलिले  सहभागीहरुलाई स्वागत गर्दे धार्मिक पर्वले एक– आपसमा सदभाव राख्ने भएकाले यसको महत्व झनै वढेको बताए  । 

0 comments

तपाईंको प्रतिकृया