नीति तथा कार्यक्रममाथी संसदमा छलफल
सत्तारुढको स्वार्थले नीति तथा कार्यक्रम साझा हुन सकेनः महरा
काठमाडौं, १८ असार । व्यवस्थापिका संसदको आजको वैठकमा आर्थिक वर्ष २०७१र०७२ को सरकारको नीति तथा कार्यक्रममाथि छलफल भएको छ ।
छलफलमा सत्तारुढ दलले आलोचनात्मक समर्थन गरेका छन भने विपक्षी दलहरुले विपक्षमा मत दिने संकेत गरेका छन ।
नेकपा एमाओवादीका सभासद कृष्णबहादुर महराले सरकारमा भएका दलहरुको स्वार्थ धेरै भएकोले यो नीति तथा कार्यक्रम सबैको साझा हुन नसकेकोले यसमा कुनै उत्साह, भरोसा र आशा गर्ने ठाउँ नभएको बताएका छन्। उनले हिमाल, पहाड, तराईसहित क्षेत्रीय सन्तुलन तथा आर्थिक अनुशासन कायम हुन नसकेकोले यसलाई आफ्नो पार्टीले समर्थन गर्न नसक्ने भन्दै यसले नैतिक संकट ल्याउने बताए ।
सभासद दीलनाथ गिरीले राजनीतिक, क्षेत्रीय र सामाजिक क्षेत्रमा भएको विसंगति अन्त गरेर पूर्वाग्रहरहित भएर राष्ट्र बनाउने प्रतिबद्धता गर्न सके मात्र मुलुकको विकास हुन सक्ने बताए ।
सभासद नारायणमान विजुक्छेले कानुनी शासनको प्रत्याभुतिमा सरकारले इमान्दारीता देखाएको छ तर मानव तस्करी र सुन तस्करीलाई छोडने प्रवृत्तिले वास्तविकता पनि उजागर गरेको छ। देशका ८० प्रतिशत विदेशमा छन, पेटोलियम पदार्थ पछि अत्यधिक मात्रामा रासयनिक मल आयात हुन्छ यसबाट हुने कमिसनले शासकवर्गको जीवन धान्ने प्रवृत्तिको अन्त हुनुपर्छ भन्दै सिंचाई असुविधाले धान उत्पादनमा ह्रास आएको बताए ।


0 comments
तपाईंको प्रतिकृया