Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
देवदह नगरपालिकाको वजेट ७ करोड

बुटवल ४ साउन । रुपन्देही देवदह नगरपालिकाको प्रथम नगरपरिषदले आर्थिक वर्ष २०७१–०७२को लागी ७ करोडको वजेट सार्वजनिक गरेको छ ।
सरकारले  वैशाख २५ गते  साविकको देवदह र केरवानी गाविसलाई समावेश गरी देवदह नगरपालिका घोषणा गरेको थियो । नगरपालिका घोषणा भएकोे २ महिना भित्रै असार ३२ गते वसेको नगरपरिषदको वैठकले ७ करोड ४० लाख २२ हजार ७ सय ३४ रुपैयाको वजेट तयार गरेको थियो । आईतवार एक कार्यक्रम गरी वजेट सहितको निती तथा कार्यक्रम सार्वजनिक गरेको हो ।  नगरपालिकाका कार्यकारी अधिकृत टेकराज भट्टराईले  निती तथा कार्यक्रम सार्वजनिक गर्दे देवदह नगरपालिकालाई  ‘सम्पन्न सुन्दर एतिहासिक देवदह नगर’ बनाउने उदेश्य लिइएको बताए ।  
देवदह नगरपालिकालाई  पर्यटन केन्द्रको रुपमा विकास गर्न दातृनिकाय गैर सरकारी संघ संस्था निजी क्षेत्रलाई आकर्षित र प्रोत्साहन गरी निती तय भएको उनले जानकारी दिए । करको दायरा वृद्धि गर्ने तथा स्थानिय श्रोत साधनलाई परिचालन गरी नगरको समुचित विकास गर्न जनसहभागितालाई प्राथमिकता दिईने  निती तथा कार्यक्रममा उल्लेख छ । 
बजेटमा पुर्वाधार तथा भौतिक विकास, प्रवद्र्धनात्मक कार्यक्रम , लक्षित समूह , विकास कार्यक्रमलाई पनि  जोड दिईएको छ ।   पुर्वाधार विकासको लागी १ करोड ६० लाख, प्रवद्र्धनात्मक कार्यक्रमको लागी ८५ लाख ७० हजार  र लक्षित समुहको लागी ५ करोड ४८ लाख रुपैया विनियोजन गरिएको प्रमुख कार्यकारी अधिकृत भट्टराईले जानकारी दिए । प्रथम नगर परिषदको उद्घाटन गर्दे सभाषद अब्दुल रज्जाकले देवदह क्षेत्रको विकासको लागी गुरुयोजना वनाइ अघि वढ्न सकेमा विश्वमा चिनाउन सकिने बताए । वुद्धसंग सम्वन्धति यो क्षेत्रलाई पर्यटकिय नगरीको रुपमा विकास सम्भव रहेको वताउदै उनले उत्कृष्ट नगरपालिका वनाउन स्थानिय जनता नै जागरुक भएर लाग्नु पर्ने बताए  । 
स्थानियको पहल प्रयासमा दुई गाविस समावेश गरी नगरपालिका वनाउन सकिएको बताउदै उनले एतिहासिक महत्व वोकेको देवदहलाई मुलुुकै नमुना नगरपालिका वनाउन स्थानियस्तरवाटै लाग्नु पर्ने बताए । रुपन्देहीका स्थानीय विकास अधिकारी विश्व प्रकास अर्यालले देवदहको विकासको सम्भावना प्रचुर मात्रामा रहेको बताए ।  
नगरपालिकका कार्यकारी अधिकृत भट्टराईको अध्यक्षता भएको कार्यक्रममा  एमाओवादीका केन्द्रिय सदस्य तथा रुपन्देही जिल्ला अध्यक्ष वामदेव क्षेत्री, नेकपा एमालेको जिल्ला अध्यक्ष भोजप्रसाद श्रेष्ठ, नेकपा माओवादीका सेक्रेटरी वन्धु चन्द, नेपाली कांग्रेसका जिल्ला सचिव हिरावहादुर खत्री, देवदह वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कृष्ण पौडेल,  पत्रकार शिद्धिचरण भट्टराई, केरवानी खानेपानी उपभोक्ता समितिका अध्यक्ष प्रजापति सापकोटा, महिला समुहकी लक्ष्मी सिग्देल लगायतले निती तथा कार्यक्रममाथी आफ्नो  धारणा व्यक्त गरेका थिए । देवदह नगरपालिकाको जनसंख्या ४५ लाख ८ हजार ७१ रहेको छ । 

0 comments

तपाईंको प्रतिकृया