Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
नेपालीको प्रतिव्यक्ति वार्षिक आम्दानी ७१ हजार, २३.८ प्रतिशत गरिबीको रेखामुनी

२३ प्रतिशत नेपाली अझै गरिवीको रेखामुनि 
काठमाडौं २६ असार । नेपालीहरुको वार्षिक प्रतिव्यक्ति आय ७१ हजार रुपैयाँ पुगेको छ । अघिल्लो बर्ष नेपालीको प्रतिब्यक्ति औषत आय ६२ हजार ६ सय ७७ रुपैयाँ रहेकोमा यो बर्ष झण्डै १३।८ प्रतिशत बढेर ७१ हजार ३ सय ५ अर्थात ७ सय १७ अमेरिकी डलर पुगेको छ ।
सरकारले बिहीबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षणअनुसार प्रतिव्यक्ति कुल ग्राहस्थ उत्पादनमा भने १२.४ प्रतिशतले बढेर ६९ हजार ९ सय १९ पुगेको छ । यसैगरि प्रतिब्यक्ति कुल खर्चयोग्य आय ८० हजार ९ सय ६४ बाटा बढेर ९६ हजार १ सय ५५ पुगेको छ । आर्थिक सर्वेक्षणका अनुसार अझै पनि २३.८ प्रतिशत जनसंख्या गरिबीको रेखामुनी रहेका छन्, जुन अघिल्लो वर्षको तुलनामा १.६ प्रतिशतले कम हो ।
गरिब जनसंख्या २०५२र५३ देखि २०६९र७० को १७ वर्षे अवधीमा ४२ बाट झरेर २३.८ प्रतिशतमा आएपनि शहरी र ग्रामिण तथा विभिन्न भौगोलिक क्षेत्र र समूहहरुबीचको भिन्नता भने निकै ठूलो बन्दै गएको छ ।

0 comments

तपाईंको प्रतिकृया