खोला कटान रोक्न चासो नदिएको गुनासो
बुटवल ३१ असार– देवदह नगरपालिका ११ भलुही स्थित भलुही खोला कटान रोक्न सम्वन्धीत निकायले चासो नदिएको स्थानिय वासीले गुनासो गरेका छन ।
स्थानियको सक्रियतामा खोलाको धार वदली सार्वजनिक तथा निजी जग्गा वचाउन प्रयास गरेपनि वन कर्यालयले अवरोध गरेको उनिहरुको भनाई छ । भु संरक्षण कार्यालयले उक्त खोला नियन्त्रणको लागी ४ लाख दिए पनि अन्य सरकारी निकायले खोला कटान रोक्न कुनै पहल नगरेको उनिहरुको गुनासो छ ।
खोला पिडित स्थानियवासी तथा हिरावहादुर केसीले मंगलवार पत्रकार सम्मेलन गरी उक्त खोलाको कटानले करिव ३० घरजोखिममा परेको जनाउदै कटान रोक्न सम्वन्धीत निकायलाई आग्रह गरे ।
उनले वस्तीमा कटान गर्न थालेकाले खोलाको धार परिवर्तन गर्न खोज्दा वन कार्यालयले धार परिवर्तन गर्न नदिएको बताए । सि आकारमा वगेको खोलालाई वहाव परिवर्तन गर्न खोज्दा अवरोध पुराएको उनको गुनासो छ । वन ऐन कानुन र नियम अनुसार खोला फर्काउनु गैरकानुनी कार्य भएको स्वीकार गर्दे उनले भने– वस्ती जोगाउनु मानविय कार्य हो , वन कर्यालयले त्यति पनि मानवियता राखेन ।’ उनले स्थानिय विद्यालय, संघसंस्था राजनितीक दल खोला पिडितहरुको सहमतीमा खोलाको वहाव परवर्तन गर्न खोजिएको दावी समेत गरे । केही दिन अघि भलुही खोलामा एस्काभेटर लगाएर नदिको वहाव वनतर्फ लैजाने खोज्दा वन कार्यालयले रोकेको थियो । खोलाको वहान फर्काउन भन्दै खनिएको केही स्थान वन कार्यालयले पुरिदिएको थियो । स्थानिय र वन कर्यालयको सम्वन्ध चिसिएको हो । खोला पिडित मधु आचार्यले उक्त खोलाले सिंगो वस्ती नै जोखिममा परेको वताए ।

0 comments
तपाईंको प्रतिकृया