‘भाषा नबुझेको भए हामी वेचिन्थ्यौं’
एक वर्षमा १ सय ५८ महिलाको उद्धार
बुटवल। श्रीमानसंग झगडा भएको थियो । घर छाडेर अन्य ठाउमा गई काम गर्ने भनेर काठमाडौ हिड्यौ । उ साथीको पछि घरमा झगडा परेको रहेछ । दुवैजना घरवाट भागरे काठमाडौ पुग्यौ । कामको खोजिमा थियौ । एकजना नविन तामाङ नाम गरेको दाईले भारतमा राम्रो काम लगाई दिन्छु भन्नुभयो । हामीले काम खोजेका थियो ।
हामी तामाङ थर उ पनि तामाङ भएकाले दाई जस्तो लाग्यो । उहालाई विश्वास गरेर जेठ ११ गते १ गते भारत जान भनी गाडीमा चढ्यौ । त्यो दिन नारायणगढमा वास वस्यांै । अर्काे दिन सुनौली हुदै गोरखपुर पुग्यौं । गोरखपुरमा रेलको टिकट नपाएको भन्दै तिनदिन रोकियो । त्यस पछि रेलमा उठेरै हैदरवाद पुग्यौ । त्यहा“ एउटा रुममा हामी दुईजनालाई राख्यो । खाना नास्ता ल्याईदिन्थ्यो । झण्डै १ महिना जति रुममा वसाल्यो । राम्रो काम मिल्दैछ भन्थ्यो । कहिले काही क्याटरिङमा काम लगाउथ्यो । काम गरेको पैसा दिएन ।
संगै गएको साथीले हामीलाई वेच्न लागेको थाहा पाएछ । त्यसको अर्काे दिन हामी त्यहावाट भाग्यो । जुलाई १० तारिख विहान ५ वजे भागेका थियो । लगत्तै थाहा पाएछ । पिछा गर्दे आएको थियो विच वाटोमा हामीलाई भेटायो समातेर तान्न खोजेको थियो । पसलका मुस्लिम केटाहरुले तिमीहरु यसलाई चिन्छौ भन्यो हामीले चिन्दैनो उसले वेच्न लागेको कुरा वतायौ । उनिहरुले नजिकैको पुलिस चौकीमा जान भने । एक जना नेपाली दाईको सहयोगमा हामी चौकीमा पुग्यौ । त्यस पछि प्रेम अंकल (मुल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रिय सदस्य)लाई प्रहरीले सम्पर्क गरयो । उहा“को सहयोगमा यहा सम्म आउन सक्यौं । दलालको पन्जावाट भाग्न सफल भई बेचिनवाट बचेकी नुवाकोट १८ वर्षिय तामाङ थरकी युवतीको भनाई हो यो ।
उनि संगै वेचिन लागेकी वर्ष २२ की वाराकी ममता तामाङ (नाम परिवर्तन)आफू थोरै हिन्दी भाषा वुझ्ने भएकाले वेचिनवाट बचेको बताउ“छिन । उनिहरुलाई दलालले काठमाडौ नारायणगढ वुटवल भैरहवा सुनौलीनाका हुदै हैदरावाद पुराएका थिए ।
नेपाली चेलीलाई प्रलोभनमा पारी दलालहरुले कसरी चेली विक्रि गर्दा रहेछन । उनको अनुभव यस्तो छ –‘म हल्का हिन्दी भाषा वुझ्छु । भाषा नवुझेको भए हामी वेचिन्थ्यौ होला । दुई जना देशी आईरहन्थ्ये हामीलाई राखेको घरमा । म कपडा सुकाउन छतमा गएको थिए । त्यतिबेला चियाएर सुने उहिरुले हामीलाई बेच्न लागेका रहेछन । हामीलाई राम्रो काम लगाईदिन्छु भनेर लिएर गएको नविनले उनिहरुलाई भने मलाई प्रसा देउ अव घर जान्छु यिनिहरुलाई तिमीहरुले जिम्मा ल्यायो । सायद उनिहरुको पैसामा कुरा चलेको थियो । त्यो थाहा पाएपछि हामी त्यहा“वाट भाग्यौ ।’ धादिङमा विवाह भएका वर्ष २२ की ममता तामाङ (नाम परिवर्तन) र नुवाकोटकी १८ वर्षिय निर्मली तामाङ (नाम परिवर्तन) दलालको प्रलोभनमा परि भारत पुगेका थिए । निर्मली तामाङको २ वर्षकी छोरी छ । श्रीमानसंग झगडा गरी घर छाडेका उनिहरुलाई दलालले भारतमा राम्रो काम पाईन्छ भनेर विक्रिको लागी लगेको उनिहरुलाई पत्तो भएन । १५ वर्षको उमेरमा विवाह भएको निर्मलीले ७ कक्षा पढेकी थिईन उनलाई पनि वेचिन लगेको भन्ने पत्तो पाईनन ।
भारतवाट उद्धार गरी ल्याईएका उनिहरुलाई मुल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्ये दक्षिण क्षेत्रिय समितीले सोमवार वुटवलमा अभिभावकको जिम्मा लगाएको छ । समाजका केन्द्रिय सदस्य प्रेम पौडेलले हैदरावादमा ति नेपाली युवतीको उद्धार गरी परिवारको जिल्लामा लगाएको बताए । उनले भने– खुट्टामा चप्पल समेत नभएको अवस्थामा हामीले उद्धार गरेका हौं । चन्दा उठाएर उनीहरुलाई यहा’ सम्म ल्यायौ ’ उनको भनाई अनुसार यसरी भारत लगिएका धेरै युवतीहरु वेश्यालमा पुराईन्छ । ‘यिनीहरुलाई पनि दलालले वेश्यालयमा वेच्न लगेको हुनुपर्छ तर छिट्टै ग्राहक पाउन सकेन । उनले भने– त्यसैले उनिहरु वच्न सफल, भए हैदरावादमा वेश्यालय धन्दा कम हुने शहर हो ।’
दुवै युवतीलाई उनिहरुका बुवालाई जिम्मा लगाईएको समाजले जनाएको छ । समाजले भारतमा वेचिएकी तथा अलपत्र भएका धेरै नोपली महिलाहरुलाई उद्धार गरी नेपाल फर्काउ सफल भएको जनाएको छ ।
समाजका अध्यक्ष पौडेलले अझै पनि भारतको वेश्यालयमा कयौ नेपाली नारीहरुले नारकीय जिवन विताउन वाध्य भएको बताउदै उनिहरुको उद्धारमा सरकारले ध्यान दिनु पर्ने बताए । उनले महिलाको नाममा विभिन्न दाताहरुको सहयोगवाट संचालित एनजिओ आईएनजिओ तथा माईती नेपालले समेत गैर जिम्मेवारी भएको आरोप लगाए । उद्धार गरीएका महिलाहरुको पुनरवासको लागी व्यवस्था मिलाउन समाजले सरकारसंग आग्रह गरेको छ ।
समाजले भारतमा वेचिएका चेलीहरुको उद्धार गर्दा सम्वन्धीत कार्यालयसंग समन्वय भने गरेको छैन । सिधै महिला अधिकारकर्मी तथा संचारकर्मीको रोहवरमा सम्वन्धीत अभिभावकलाई वुझाउने गरेको छ । त्यस कारण पनि समाज मार्फत भारतवाट कति युवतीको उद्धार गरियो भन्ने तथ्याङक समाजसंग छैन ।
माईती नेपाल रुपन्देहीकी प्रमुख प्रभा खनालले सोमवार अभिभावकको जिम्माा लगाएको युवतीको उद्धार गरेको विषयमा आफूलाई जानकारी नभएको बताईन । गत वर्ष विभिन्न प्रलोभनमा भारतमा पुराईएका ३१ जना महिलाको उद्धार गरिएको उनले जानकारी दिईन । माईती नेपालले एक वर्षको अवधीमा भारत लगिदै गरेको अवस्थामा सुनौली नाकावाट १ सय ५८ जना महिलाहरुको उद्धार गरिएको उनले जानकारी दिईन ।

0 comments
तपाईंको प्रतिकृया