पत्रकार महासंघ रुपन्देहीद्धारा एक्यवद्धता
बुटवल २६ असार । राजधानीका पत्रकारहरुले तिनदिन देखी सुचना विभागमा रिले अनसन बसि गरेको आन्दोलनप्रति नेपाल पत्रकार महासंघ रुपन्देहीले एक्यवद्धता जनाएको छ ।
अघिल्लो आर्थिक वर्ष लोक कल्याणकारी विज्ञापनमा बढेको २५ प्रतिशत रकम तुरुन्त भुक्तानी गनुपर्र्ने, समानुपातिक विज्ञापन नीति तथा श्रमजिवी पत्रकार ऐनको कार्यान्वयन गर्न दवाद दिदै नेपाल पत्रकार महासंघ काठमाडौं, ललितपुर र भक्तपुर शाखाले गरेका आन्दोलन प्रति रुपन्देही शाखाले पनि एक्यवद्धता जनाएको हो ।
महासंघ रुपन्देहीका सचिव रुद्रहरि कु“वरद्धारा विहिवार जारी गरिएको विज्ञप्तीमा राजनितीक परिवर्तन पछि पत्रकार र मिडियाको क्षेत्रमा ऐन कानुन तिनी पनि पनि कार्यान्वयनको अवस्था अत्यन्त दयनिय भएको जनाउदै कार्यान्वयन आग्रह गरिएको छ ।


0 comments
तपाईंको प्रतिकृया