डीएसपी आचार्य पनि तानिए घुस काण्डमा , निलम्बन गर्न अख्तियारको निर्देशन
काठमाडौं । इलाका प्रहरी कार्यालय वुटवलका प्रमुख दिनेश कुमार आचार्य पनि घुस काण्डमा मुछिएका छन । लेनदेनको कारोबारमा ऋणी फरार भएपछि जिम्मा जमानीमा रहेका व्यक्तिलार्इ कारबाहीका लागि पीडितले इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएको अनुसन्धानको क्रममा रहेका जमानीमा बसेका व्यक्तिबाट १ लाख ५० हजार लिँदै गर्दा प्रहरी सहायक निरीक्षक राम प्रसाद पौडेल पक्राउ परेका थिए ।
पौडेलले कार्यालय प्रमुखको निर्देशनमा रकम लिएको बताएपछि उनि यो काण्डमा मुछिएका हुन। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा प्रहरी नायब उपरिक्षक डीएसपी आचार्यलार्इ निलम्बन गर्न प्रहरी प्रधान कार्यलयलाई निर्देशन दिईसकेको छ ।
अनुसन्धानमा प्रभाव पार्न सक्ने र प्रमाण नष्ट समेत गर्न सक्ने भएकाले आचार्यलाई निलम्बन गर्न प्रहरी प्रधान कार्यालयलाई लेखी पठाइएको अख्तियारले जनाएको छ ।

0 comments
तपाईंको प्रतिकृया