Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
सृष्टीलाई भर्ना लियो नविनले

बुटवल २७ असार । वुटवल १३ स्थित नविन औद्योगीक कद्धरवहादुर रिता उच्च माविले मुटुरोगी वालिका सृष्टी टण्डनलाई भर्ना गरेको छ ।
 पुनरावेदन अदालत वुटवलको अन्तरीम आदेश पछि शुक्रवार उक्त विद्यालयले सृष्टी टण्डनलाई कक्षा ६ मा भर्ना लिएको हो । यस अघि अदालतले असार ५ गते वालिकालाई भर्ना प्रकृया अघि वढाउन अन्तरिक आदेश दिएको थियो । त्यस लगत्तै विद्यालयले उक्त आदेश खोरज गरी पाउ भनी अदालतमा निवेदन दिएको थियो । न्यायधिश नारायण प्रसाद दाहाल र मनोजकुमार शर्माको  संयुक्त इजालसले  अन्तरीम आदेश खारेज गर्नु नपर्ने फैसला गरेपछि  उक्त विद्यालत वालिका सृष्टीलाई भर्ना गर्न वाध्य भएको हो ।
 पुनरावेदन अदालल वुटवलले  शिक्षा ऐन २०४८ तथा शिक्षा नियमावली  २०५९ बमोजिम विद्यालयमा भर्ना हुनुपर्ने  समय भित्र भर्ना हुन नसकेका कारणले अध्ययन गर्न पाउने हकवाट वन्चित हुन सक्ने हुदा सृष्टी टण्डनलाई विद्यालयमा भर्ना गर्न गराउने सम्वन्धमा आवश्यक प्रकृया अगाडी वढाउन भनी विपक्षी विद्यालयको नाममा  आदेश दिएको थियो ।
माघ महिना देखी भर्ना गर्न चाहेपनि विद्यालयले भर्ना नलिए पछि खिन्न भएका श्रृष्टी र उनका अभिभावहरु अहिले खुसी भएका छन । सृष्टीकी आमा सावित्रा टण्डनले पुनरावेदन अदालत र मिडियाको सहयोगले विद्यालयमा भर्ना गर्न सम्भव भएको बताईन । 

0 comments

तपाईंको प्रतिकृया