कमिशनको लागी गाईगोरु लिलाम
भैरहवा २२ असार
सिद्धार्थनगर नगरपालिकाका कर्मचारीले फाइदाका लागि नगरपालिकामा रहेका गाईगोरु लिलाम गरि कमिशन खाने गरेको रहस्य खुलेको छ । नगर क्षेत्र र यसको आसपासका मन्दिरहरूमा दान गरिएका गाईगोरुहरूमा लिलामगरि गाई व्यापारीलाई दिएपछि स्थानीयहरूले नगर प्रमुखको विरोध गरेका छन् ।
नगरक्षेत्र र यसको आसपासको मन्दिरमा रहेका तिन दर्जन गाई गोरुहरू नगरपालिकाका कर्मचारीहरूलाई जम्मा गर्न लगाइ सात दिनसम्म घा“स पानी विना नगरपालिकाको पुरानो पाउना घरको हाताभित्र राखी रूपन्देहीका पुराना गाई तस्कर हलिम मुसलमानलाई लिलामको नाममा बिक्रि गरेका छन् ।
अनुसन्धानमा खटिएको प्रहरी भने नेपाल–भारत तथा बिभिन्न गाउ“हरूबाट गाईहरू रूपन्देहीमा ल्याइ तस्करले पश्चिम बंगालमा पुराउने गरेको छ, जहा“ एक गाईको मुल्य ४० हजार भारतीय रूपैया“ पर्ने गर्छ । जसका लागी सिनपाले पनि तस्कर संगको मिलोमतोमा यो काम गरेको आरोप लागेको छ ।
नगरपालिकाले भनि प्रति गाइ गरुको ५ सय रुपैयाको दरले लिलाम गरको थियो
स्रोतका अनुसार नगरपालिकाले रौतहटसम्म लैजाने कानुनी कागज मिलाईदिई गाई तस्करलाई गाई बेचेको देखिन्छ । तस्करले रौतहटमा गाई पुराए पछि लाइन मिलाउ“दै पश्चिम बंगालसम्म पुराउ“छन् ।
हिन्दू स्वयंसेवक संघका केन्द्रीय सम्पर्क प्रमुख राजेश मल्लकाले –जुन काम नगरपालिकाले गरेको छ, यो निन्दनीय कार्य हो । गाईगोरु बेच्ने काम तुरुन्त बन्द गरी नगरपालिका भित्र रहेको ९० बिगाहाप्रति जग्गामा गौशला निर्माण गरी व्यवस्थित रुपमा गाई गोरुको संरक्षण गर्नु पर्नै बताए ।
यस विषयमा नगरपालिकाका प्रमुख टिकादत्त राईस“ग बुझ्दा नगरपालिकाले नेपाल सरकारले दिएको कानूनको परिधीभित्र रहेर गाईगोरु लिलाम गरेको दाबी गरे ।


0 comments
तपाईंको प्रतिकृया