Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
असुरक्षित सिलिन्डर डिस्पोज

बुटवल , ३१ असार । रुपन्देहीको मधवलीयामा रहेको सिद्धार्थ ग्याँस कम्पनीले कम्पनीका असुरक्षित देखिएका सिलिन्डर डिस्पोज गरेको छ ।
ग्यास भर्ने सिलिन्डर सुरक्षाका लागि हाईड्रोलिक टेस्टिङ्ग गर्दा असुरक्षित देखिएका २ सय ५० वटा सिडिन्डर डिस्पोज गरिएको हो । उपभोक्ताको सुरक्षालाई ध्यानमा राखेर थिकनेस (पातलो) भएका, कुच्चिएका, फूटरिङ्ग गएका सिलिन्टर कम्पनीले डिस्पोज गर्नुपर्ने हुन्छ ।
सामान्यतया एउटा सिलिन्डरको उमेर २० वर्षको भएपनि समय अगावै केही समस्या देखिएकाले त्यो भन्दा अगावै डिस्पोज गरिएको कम्पनीका व्यबस्थापक शुशिल नेपालले जानकारी दिए ।
२०५२ सालमा स्थापना गरिएको सो ग्यास उद्योगमा दैनिक २ हजार सिलिन्डर फिलिङ्ग क्षमता अनुसार सिलिन्डर फिलिङ्ग गर्दै आएको पनि उनले जानकारी दिए । कम्पनीले लम्बिनी अञ्चलका जिल्लाहरु, स्याङ्गजा, दाङ्ग, काठमाण्डौ, बाग्लुङ्ग प्यूठान, रोल्पा लगायतका जिल्लाहरुमा सो कम्पनीको ग्यास बजारीकरण गर्दै आएको छ ।

0 comments

तपाईंको प्रतिकृया