आत्मनिर्भर बन्दै एकल महिला
माया के सी
बुटवल। रुपन्देहीको आन्नदवन निवासी शारदा न्यौपानेको विवाह २२ वर्षको उमेरमा नवलपरासीका २६ वर्ष उमेरका सविन रेग्मीसगँ विवाह भयो । विवाहपछि व्यापार गर्ने र आर्थिक पाटोलाई सबल बनाउन भन्दै श्रीमानश्रीमती नवलपरासीबाट नेपालगन्ज तर्फ लागे ।

श्रीमान श्रीमती मिलेर व्यापार गरे । उनले नेपालगन्जमा नै २ भाइ छोराको जन्माइन् । व्यापार राम्रो चल्दै थियो । उनीहरु खुसी थिए । दुरभाग्य बच्चा जन्मेको केही समयमै उनका श्रीमानको जेन्डिसका कारण अल्पायुमै मृत्यु भयो । श्रीमान्को मृत्युपछि उनले व्यापार चलाउन सकिनन् । जग्गा जमिन पनि धेरै थिएन । सामान्य परिवार कमाउने व्यतिm नै नभएपछि शारदालाई २ बच्चाको लालनपालन गर्ने जिम्मेवारी थपियो । लाउलाउ र खाउखाउ भन्ने उमेरमा अचानक श्रीमानको मृत्यले उनलाई कमजोर बनायो । जे भएपनि दुइटा बच्चाकालागि उनले केही न केही गर्नु थियो ।
केही समय शारदा घर परिवारसगै बसिन् । आर्यआर्जनको केही बाटो नभेटेपछि उनी माईतीमा बसेर बिहे अगाडी नै सिकेको व्युटिसियनको सीपलाई निरन्तरता दिन थालिन् । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा अहिले उनले ब्युटीपार्लर ब्वसाय सन्चालन गरेर छोराको लालन पालन गरेकी छन् । एक्लै जीवन जिउन गाह्रो भएपनि सीप भएकाले केही सजिलो भएको उनको भनाई छ ।
बाग्लुङ्ख माईती भएकी सीता थापा २०५२ सालमा मागी विवाह गरेर रुपन्देही आइन् । बिहेको २ वर्ष मै श्रीमानको मृत्यु भएपछि उहाँलाई जीवन कसरी बिताउने भन्ने कुराले निकै सतायो । यौटा छोरा थियो । छोराको भविष्य बनाउने जिम्मेवारी पनि उनीमथि नै थियो । घरको काम काजमा ब्यतm रहदा रहदै उहाँलाई शंकरनगरमा खुलेको साना किसान कृषि सहकारी संस्थाले जागिरको अवसर दियो । एस एल सी उत्र्तिण रोजगारीसगै आफुमा धेरै आत्मविश्वाश आएकोमा धेरै दङ्घ छिन् । २०६९ सालबाट जागिर शुरु गरेकी उनले साना किसान कृषि सहकारी र घर परिवारको सहयोगले एकल जीवन बिताउन र आत्मनिर्भर बन्न सकेको बताइन् । सीताले अहिले घर जागिरसगै घर परिवारको जिम्मेवारी सम्हादै छिन् । सासुको केही समय अगाडि मृत्यु भएपछि उनीमाथि थप जिम्मेवारी थपिएको छ । उनको छोरा अहिले कक्षा ११ मा पढ्दै छन् । छोरालाई समाजमा असल बनाउने उहाँको सपना रहेको छ । सहकारीकी संस्थाका व्यवस्थापक देव गिरीले सीताको कामबाट आफुहरु सन्तुष्ट रहेको बताउदै जिम्मेबारी दिए महिलाले पनि जस्तो सुकै काम गर्न सक्ने बताउनु भयो ।
रुपन्देहीमा पछिल्लो केही समय यता एकल महिलाहरु आत्मनिर्भर बन्न थालेका छन् । श्रीमानको अभावमा विगतको समय निकै दुखदायी जीवन बिताउने गरेका महिला दिदीबैनीहरु अहिले आफ्नै मिहिनेत र परिश्रमबाट जीवनलाई उज्यालोतर्फ लैजादै छन् । आत्मनिर्भर भएकै कारण घरपरिवार र समाजमा माया र सम्मान पनि पाउन थालेका छन् । त्यसमध्येकी एक हुन् त्यसैगरी तिलोत्तमा नगरपालिका ४ निवासी कल्पना आचार्य । बिहेको छोटो समयमै श्रीमान्को मृत्युले उहाँलाई निकै चोट दियो । एक मात्र काखे बालकलाई लिएर उनले समस्यालाई समाधान गर्दे अगाडि बन्ने अठोट गरिन् । विभिन्न सहकारीबाट ऋण लिएर फेन्सी पसल खोलिन् । ऋणबाट खोलेको पसलले अहिले राम्रो आम्दानी भएको छ कल्पनालाई । पसलबाटै छोराको पठनपाठनमा खर्च गरेकी छिन् । पसलमा दिनरात खटिनु परेपनि त्यसको फल भोली राम्रो हुने सपना पनि उनमा छ ।

हाल कक्षा १२ मा पढ्ने छोरो ठुलो भए पछि आफ्नो ईच्छा पुरा गर्ला भन्ने चाहना पनि छ । सबैको माया र सहयोगले पसल राम्रोसँग चलेकोमा कल्पना खुशी छिन् । ‘श्रीमान नहुदा काम गर्न केही असजिलो भए पनि एकल महिलाले केही गर्न नसक्ने भने होइन रहेछ । गरेपछि जस्तो काम पनि सकिदो रहेछ ।’ कल्पना सुनाउंछिन् । छोराको लागि अहिले मरिमेटेर काम गरेको बताउने कल्पनाले भविष्यमा भने समाज सेवा गर्ने बताईन् । समाजमा एकल महिलालाई हेर्ने हेराई पहिलेको भन्दा फरक छ । आत्मनिर्भर बनाउन सरकारी तवरबाट खास काम चाहिं भएको छैन । विपन्न एकल महिलालाई सरकारी सहयोग भएमा उनीहरु विचरा होइन सक्षम हुने थिए । एकल महिलका लागि चेतना अभिवृद्धि गर्न केही संघ संस्थाहरुले सहयोग गरे पनि त्यो अझै पर्याप्त छैन । एकल महिला तथा व्यवसायी कल्पना भन्छिन् ‘सबै एकल महिला आत्म निर्भर हुन चाहान्छन् । सबैको सहयोग भएमा यो सम्भव छ ।’
–आवाज फिचर सेवा
–आवाज फिचर सेवा

0 comments
तपाईंको प्रतिकृया