Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
बिद्युत गृहमा लर्गाइएको ताला खुल्यो

बर्दघाट (नवलपरासी) २७ असार । नवलपरासी जिल्लाको  गुठिसुर्यपुरा गाविसमा रहेका गण्डक बिद्युत उत्पादन गृहमा चार दिन देखी लर्गाइएको ताला स्थानियवासी एवं जिल्ला प्रशासन विच भएको सहमति पछि शुक्रवार देखी खुलेको छ ।
स्थानियवासीहरुले राखेको मागमा गण्डक क्षेत्र भित्र लोडसेडिङ गर्न नपाईने, गण्डक सम्झौता अनुसार बिद्युत उत्पादनको १ प्रतिशत रोयल्टी सोही क्षेत्रको बिकास एवं निर्माण काममा खर्च गर्नु पर्ने, बन्द रहेको टरवाईन मध्य एक टरवाईन तत्काल चलाउनु पर्ने लगाएतका मांग राखेर स्थानियबासीहरुले विद्युत उत्पादन गृहको प्रशासन शाखामा तालाबन्दी गरेका थिए । 
नवलपरासीमा एक मात्र विद्युत उत्पादन गृहको रुपमा रहेको सुर्यपुरा विद्युत उत्पादनको १५ मेगावाट विद्युत उत्पादन गर्न सक्ने क्षमता  रहेको छ । गत असार २४ गतेका दिन ३ बुदे माग राख्दै स्थानिय उमेश यादवको नेतृत्वमा आएको स्थानियबासीको एक समुहले विद्युत गृहको प्रशासनमा ताला बन्दी गरेका थिए ।
विद्युत गृहमा लगाईएको तालाको बिषयमा स्थानिय प्रशासन, सरोकारवाला र विद्युत गृहका पदाधिकारी बिच विहीबार बसेको बैठकले स्थानियका मांगहरुलाई जिल्ला प्रशासन कार्यालयले यथासिघ्र पुरा गर्ने सहमति भए पछि ताला खुलेको स्थानिय देशबन्धु यादवले बताए ।   नवलपरासीमा रहेको एक मात्र बिद्युत उत्पादन गृह सुर्यपुरा गण्डक जल विद्युत केन्द्र सुर्यपुरा कार्यालयमा त्यहाँका स्थानियबसीहरुले अनिश्चितकालिन ताला बन्दी गरी आन्दोलनमा उत्रिएका थिए । हाल पावर हाउसमा जडित  तीनवटै टरवाईन बन्द भएका कारणले लामो समय देखी विद्युत उत्पादन  पुर्ण रुपमा  बन्द रहेको छ ।

0 comments

तपाईंको प्रतिकृया