बुटवल नगरपालिका कार्यालयमा अख्तियारको छापा
बुटवल। बुटवलमा भएका सडक निर्माण तथा अन्य आयोजनाहरु संचालनमा अनियमितता भएको उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुटवल नगरपालिका कार्यालयमा छापा मारी महत्वपूर्ण कागजातहरु नियन्त्रणमा लिई अनुसन्धन शुरु गरेको छ ।
आयोग क्षेत्रीय कार्यालयका प्रमुख उपसचिव निराजन घिमिरेले कागजपत्र अनुसन्धानका लागि नियन्त्रणमा लिई सोमबारदेखि अध्ययन,अनुसन्धान जारी राखेको बताए ।
उता बुटवल नगरपालिकाका वरिष्ठ अधिकृत विष्णु खनालले अख्तियारको नियमित अनुगमनका क्रममा कागजपत्र अध्ययनका लागि लगेको बताए ।
बुटवल नगरपालिका यो वर्ष न्युनतम शर्त तथा कार्य सम्पादन मुल्याङकन मापनका आधारमा ५८ वटा नगरपालिकाहरु मध्ये ८८ अंक ल्याएर प्रथम भएको थियो ।

0 comments
तपाईंको प्रतिकृया