Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
डाउन टाउनद्धारा वृक्षारोपण

बुटवल ९ साउन । रोट¥याक क्लव अफ बुटवल डाउनटाउनले आफ्नो वार्षिक कार्ययोजना अनुसार शुक्रवार रोटरी क्लब अफ बुटवल डाउनटाउनसंग संयुक्त रुपमा बृक्षारोपण कार्यक्रम गरेको छ ।
क्लवले बुटवल ९ स्थित सिद्घार्थ बाल तथा महिला अस्पताल आम्दाको परिषरमा रहेको रोटरी चिल्ड्रेनपार्क सरक्षण गरी वृक्षारोपण गरेको हो ।
रोटरी क्लब अफ बुटवलडाउन टाउनका अध्यक्ष नरबहादुर श्रीसको अध्यक्षता, रोटरी क्लबका पूर्व अध्यक्ष यज्ञ कसोजूको प्रमुख आतिथ्यता तथा अस्पतालका प्रबन्ध निर्देशक डा. बिनोद पराजूलीको विशिष्ट आतिथ्यता, पिताम्बर ज्ञवालीको स्वागत तथा सचिव विमलराज भट्टराईले कार्यक्रम संचालन गरेका थिए । सो अवसरमा प्रमुख अतिथि कसोजुले विगतका बर्ष देखिनै यस क्लवले उक्त कार्यक्रम अगाडी सारेको र हाल सम्म पनि यसलाई निरन्तरता दिईरहेकाले धन्यवाद दिए ।
अस्पतालका प्रबन्ध निर्देशक डा. विनोद पराजुलीले विगतका बर्षहरुदेखि नै यस क्लबले गर्दै आएको कामलाई प्रोत्साहन गर्दै आगामी दिनहरुमा यसको संरक्षण र विकासमा अझ बढी सक्रिय हुन सुझाव दिए ।  रोट¥याक क्लव अफ बुटवल डाउनटाउनका अध्यक्ष बालकृष्ण पाण्डेले चिल्ड्रेन पार्कको संरक्षण को लागी रोटरीसंग सहकार्य गर्न प्रतिवद्ध रहेको वताए ।  कार्यक्रममा एजी टंक पराजुली, लगायतले वृक्षारोपणको महत्वको वारेमा प्रकाश पारेका थिए । क्लवका पदाधीकारी तथा सदसयहरु गरी ५० भन्दा बढीको उपस्थितिमा विभन्नि प्रजातिका ३० भन्दा बढी विरुवाहरु रोपिएकोे लक्ष्मण पन्थीले जानकारी दिए ।

0 comments

तपाईंको प्रतिकृया