एमाले अध्यक्षमा ओली विजयी
काठमाडौं ३१ असार। नेकपा एमालेको
अध्यक्षमा केपी शर्मा ओली बिजयी भएका छन् । प्रतिस्पर्धी पूर्व
प्रधानमन्त्री माधवकुमार नेपाललाई पछि पार्दै ओली एमालेको अध्यक्ष बनेका
हुन् ।
त्यस्तै महासचिवमा बीच ओली प्यानलकै इश्वर पोखरेल बिजयी भएका छन् ।
उपाध्यक्षमा ओली प्यानलका बामदेव गौतम र बिद्या भण्डारी तथा नेपाल प्यानलका
भीम रावल बिजयी भएका छन्।त्यस्तै उपमहासचिवमा बिष्णु पौडेल र सचिवमा
गोकर्ण बिष्ट, प्रदीप ज्ञवाली र पृथ्वीसुब्बा गुरुङ बिजयी भएका छन । अध्यक्षमा केपी ओलीले जिते पनि पदाधिकारीमा भने नेपाल पक्षका आधा उम्मेदवारले जितेका छन् ।
पदाधिकारीमा दुवै पक्षको वरावरी
अध्यक्ष, दुई उपाध्यक्ष, महासचिव, एक उपमहासचिव र दुई सचिव ओली प्यानलका जितेका छन् भने तीन उपाध्यक्ष, एक उपमहासचिव र तीन सचिवमा नेपाल प्यानलका विजयी भएका छन् । लोकपि्रय मत ल्याउने विष्ट माधव नेपाल प्यानलका हुन् ।
ओली प्यानलबाट उपाध्यक्षमा वामदेव गौतम र विद्या भण्डारी, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल र दुई सचिवमा प्रदीप ज्ञवाली तथा पृथ्वीसुब्बा गुरुङले विजय हासिल गरेका छन् ।
नेपाल प्यानलबाट उपाध्यक्षहरु भीम रावल, युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले जितेका छन् । त्यस्तै उपमहासचिवमा घनश्याम भुसाल र तीन सचिव योगेश भट्टराई, भीम आचार्य र गोकर्ण विष्ट नेपाल प्यानलबाट विजयी भएका छन् ।

0 comments
तपाईंको प्रतिकृया