Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
कही नभएको जात्रा एमालेमा

काठमाडौं २४ असार । ‘कही नभएको जात्रा हाडी गाउमा’ होईन कही नभएको जात्रा आजभोली एमालेमा देख्न पाईन्छ । 
कुनै पनि पार्टीको महाधिवेशनमा  शैद्धान्तिक राजनितीक् सांगठनिक विषयमाथी छलफल गरी पार्टीलाई नया उचाईमा कसरी पुराउने भन्ने चिन्तन गरिन्छ । त्यसको अलावा नया नेतृत्व पनि चयन गरिन्छ । तर यो वाहेक नेकपा एमालेको जारी नवौ महाघिवेशन स्थल भृकुटीमण्डप वाहिर विभिन्न नया– नया दृष्यहरु देख्न पाईन्छ अचेल जुलुस, धर्ना,लाठीचार्ज,तोडफोड झडप आदी इत्यादी ।
नेकपा एमालेको जारी महाधिवेशनको बन्द सत्र हलभित्र चर्को राजनीतिक बहस भइरहदाँ बाहिर  वरिष्ठ नेता माधवकुमार नेपाल र केपी शर्मा ओली समर्थक कार्यकर्ताहरुले नारावाजी गरिरहेका छन्। २ तिन दिन अघि देखी यस्तो दृष्ट दिहनु देख्न पाईन्छ । 
 भृकुटीमण्डपको दायाँ पट्टी ओली र वायाँ पट्टी नेपालका कार्यकर्ताहरु नारावाजी गरेका हुन ।  उनीहरु दुबै समूहले आ आफना नेताको पक्षमा नाराबाजी गरिहेका छन्। उनीहरुले आफू पक्षका नेता अध्यक्षमा विजयी हुनुपर्ने भन्दै चर्को नारावाजी गरिरहेका हुन्छन 
दुवै पक्षबीच तनाव हुन नदिन नेपाल पुलिस क्लव अगाडि प्रहरी सुरक्षाकर्मी बीचमा बसेर उनीहरुलाई दुईतिर पारेका छन् । सभागृहतिरको सडकमा जम्मा भएका कार्यकर्ताले माधव नेपाल जिन्दावादको नारा लगाएका छन् भने रत्नराज्य क्याम्पसतिर जम्मा भएका कार्यकर्ताले केपी ओलीको पक्षमा नाराबाजी गरिरहेका छन् ।
ओली पक्षधर कार्यकर्ताहरुले ओलीको फोटो अंकित प्लेकार्ड तथा फ्लेक्स समेत प्रदर्शन गरेका छन् भने नेपाल पक्षका कार्यकर्ताले भने नारामात्र लगाएका छन् । दुवै पक्षले आ आफ्नो समूहका नेतालाई अध्यक्ष बनाउन आह्वान गरिरहेका छन् । 

0 comments

तपाईंको प्रतिकृया