जिपी कोईराला छात्रा रनिङ्ग शिल्डको उपाधी एभरेष्टलाई
बुटवल १८ असार । जिपी कोईराला स्मृती प्रतिष्ठान रुपन्देहीको आयोजनामा भएको दोस्रो छात्रा रनिङ्ग शिल्ड भलिवल प्रतियोगिताको उपाधी एभरेष्ट बोर्डिङ्ग स्कुलले हात पारेको छ ।
मणिमुकुन्द कलेजसंग बुधबार भएको फाईनल प्रतिस्पर्धामा २५÷१८, २५÷२२ र २५÷१० को सोझो सेटमा एभरेष्टले उपाधी हात पारेको उपाधी संगै एभरेष्टले रनिङ्ग शिल्ड टफी र प्रमाण पत्र सहित नगद १० हजार पुरस्कार प्राप्त गरेको छ । फाईनल प्रतिस्पर्धामा उपविजेता बनेको मणिमुकुन्दले टफी प्रमाण पत्र सहित नगद ५ हजार रुपैंया प्राप्त गरेको छ ।
त्यस्तै प्रतियोगितामा सिद्धार्थ गौतमबुद्ध क्याम्पसले तेस्रो स्थान प्राप्त गरेको छ । कालिका माबि संग भएको प्रतिस्पर्धामा सोझो सेटमै सिद्धार्थ तेस्रो भएको हो । उसले टफी, प्रमाण पत्र सहित नगद ३ हजार रुपैंया पुरस्कार प्राप्त गरेको छ ।
सिद्धार्थ गौतम बुद्ध क्याम्पस र एभरेष्ट बोर्डिङ्ग बीच भएको सेमि फाईनलको प्रतिस्पर्धाबाट एभरेष्ट फाईनलमा प्रवेश गरेको थियो । त्यस्तै खेल अवधिभरमा उत्कृष्ट खेल प्रदर्शन गर्ने सिद्धार्थ गौतम बुद्ध क्याम्पसकी मधु श्रीस उत्कृष्ट खेलाडी घोषित भईन । उनलाई एक हजार रुपैंया नगद पुरस्कार प्रदान गरिएको छ ।
जिल्ला खेलकुँद बिकास परिषद बुटवलको प्राङ्गणमा भएको प्रतियोगितामा उनीहरुलाई बुटवल नगरपालिकाका वरिष्ठ अधिकृत भुवाप्रसाद लुईटेल, संस्थाका महासचिव नन्दराम भण्डारी, खेल संयोजक बिमलराज भटराई, प्रष्ठिानका सचिव काजिमान श्रेष्ठ, सदस्य खेलराज पाण्डे लगायतले पुरस्कार प्रधान गरेका थिए ।
कार्यक्रमको उद्घाटन संबिधान सभाका सदस्य तथा नेपाली कांग्रेस रुपन्देहीका सभापति अव्दुल रज्जाकले मंगलबार उद्घाटन गरेका हुन । स्वर्गीय गिरिजाप्रसाद कोईरालाको जन्मजयन्तीको अवसरमा प्रतिष्ठानले नगर स्तरीय कलेज छात्रा भलिवल प्रतियोगिता आयोजना गरेको थियो ।

0 comments
तपाईंको प्रतिकृया