मोदीको भ्रमण तयारीबारे संसदलाई ब्रिफिङ
सभासद्हरुले आयोगको बैठकबारे जानकारी माग गरेपछि सभामुख सुवास नेम्वाङले त्यसबारे संसद्लाई जानकारी गराउन ‘रुलिङ’ गरेका थिए । परराष्ट्रमन्त्री पाण्डेले संयुक्त आयोगको बैठकमा राजनीतिक सुरक्षा र सीमा तथा सन् १९५० को नेपाल(भारत शान्ति र तथा मैत्री सन्धिको पुनरावलोकलनका लागि दुई देशका सचिवस्तरमा छलफल गरी सिफारिस गर्नेलगायतका सहमतिका बुँदाबारे जानकारी गराए ।
भारतमा नयाँ सरकार गठन भएपछि नेपालमा उक्त बैठक सम्पन्न हुनुले दुई देशबीचको सम्बन्ध प्रगाढ बढाउने, ऊर्जा र जलस्रोतमा थप सम्झौता गर्नेजस्ता सहमति हुनु उपलब्धिमूलक भएको पनि पाण्डेको भनाइ छ ।मन्त्री पाण्डेले काठमाडौँ(तराई द्रूतमार्गमा निजी क्षेत्रको घाटापूर्तिका लागि सहयोग, पूर्व(पश्चिम राजमार्ग, महाकाली नदीमा मोटरयोग्य पुल निर्माण, व्यापार–पारवहनजस्ता आयोजना र कार्यका लागि सहयोग तथा सहजीकरण गर्न भारतीय पक्ष सहमत भएको बैठकलाई अवगत गराए ।

उनले भारतीय प्रधानमन्त्रीले संसद्को बैठकलाई सम्बोधन गर्ने, उच्चस्तरीय भेटघाट गर्ने, पशुपतिनाथको दर्शन गर्ने जानकारी गराए । पाण्डेले १७ वर्षपछि भारतीय प्रधानमन्त्रीको औपचारिक भ्रमण हुनु वर्तमान सन्दर्भमा विशेष महत्वको भएको भन्दै भ्रमणलाई नेपालको हितमा उपलब्धिमूलक बनाउन सरकार प्रयत्नशील रहेको स्पष्ट गरे ।

0 comments
तपाईंको प्रतिकृया