Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
रोट्याक्ट डाउन टाउनमा पदहस्तान्तरण

बुटवल १९ असार । रोट्याक्ट क्लव अफ वुटवल डाउन टाउनमा १२ औ पदहस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।  रोटरी क्लव अफ वुटवल डाउन टाउनका संस्थापक अध्यक्ष धु्रव तुलाचनको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वर्ष  २०१३–२०१४का अध्यक्ष वावुराम वन्जाडेले वर्ष २०१४–२०१५का अध्यक्ष वालकृष्ण पाण्डेलाई पद हस्तान्तरण गरेका हुन । 
सो अवसरमा  प्रमुख अतिथी तुलाचनले रोट्याक्ट अभियानले युवाहरुमा देखिएको विकृती विसंगतीलाई न्युनिकरण गर्न सहयोग पुगेको बताए ।  रोटरी क्लव अफ वुटवल डाउन टाउनका अध्यक्ष नर वहादुर श्रीसले युवाहरुमा सकारात्मक सोच आवश्यक रहेको बताउदै रोटयाक्ट क्लवले युवाहरुलाई सहि मार्गमा लैजान महत्वपुर्ण भुमिका खेलको बताए ।
 रोट्याक्ट क्लव अफ वुटवल डाउन टाउनका पुर्व अध्यक्ष जीवन अधिकारी, चाटर्स सहसचिव हिमाल गैरे लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।  वर्ष  २०१३–२०१४का अध्यक्ष वावुराम वन्जाडेले आफ्नो कार्यकालमा ४२ वटा कार्यक्रम गर्न सफल भएको जानकारी दिदै सहयोग गर्ने संघ संस्था तथा क्लवका सदस्य पदाधीकारीलाई धन्यवाद दिए भने वर्ष २०१४–२०१५ का अध्यक्ष वालकृष्ण पाण्डेले रोट्याक्टको उदेश्य अनुसार क्लवलाई अगाडी वढाउने प्रतिवद्धता जनाएका थिए । चाटर्स उपाध्यक्ष राजु पौडेलले नया कार्यसमितीका पदाधीकारीहरुलाई सपथ ग्रहण गराएका थिए ।  सो अवसरमा क्लवको डाईरेक्ट्ी समेत विमोचन गरिएको थियो ।  वर्ष २०१४–०१५ को वोर्ड अध्यक्षमा वालकृष्ण पाण्डे, आई पि पिमा वावुराम वन्जाडे, निर्वाचित अध्यक्षमा जनकदमासे पौडेल, मनोनित अध्यक्षमा तुल्सी प्रसाद आचार्य,  प्रथम उपाध्यक्षमा जि पि पौडेल, दोश्रोमा राजिव गौतम, तेश्रोमा अजित घताने,  चौथो उपाध्यक्षमा भेष राज घिमिरे, सचिवमा मधु भट्टराई,  सह–सचिवमा  विक्रम मल्ल ,   कोषाध्यक्षमा विमल ढकाल, सहकोषाध्यक्षमा  समुन्द्रसिंह ठकुरी,  क्लव सर्भिस डाईरेक्टरमा  ज्योति पौडेल, कम्युनिटी सर्भिस डाईरेक्टरमा रुद्रहरि कुंवर, इन्टरनेश्नल सर्भिस डाईरेक्टरमा लक्षमण पन्थी, प्रोफेस्नेल सर्भिस डाईरेक्टरमा योगेन्द्र कडेल, भोकेस्नल सर्भिस डाईरेक्टरमा वरुण पौडेल, फस्ट एट आम्समा प्रकाश भुषल, दोश्रोमा पारसमणि पोख्रेल,  इडिटरमा दीपक न्यौपाने, जर्नालिष्टमा मनोज पाण्डे र स्पोर्ट चेयर पर्सनमा रिपिन शाक्य रहेका छन । 

0 comments

तपाईंको प्रतिकृया