महासचिव पोखरेलद्वारा प्रतिवेदन पेश
काठमाडौँ २१ असार। नेकपा एमालेको जारी नवौँ महाधिवेशनको बन्द सत्रमा शनिवार दुईवटा छुट्टा छुट्टै प्रतिवेदन पेश भएको छ । भृकुटीमडवमा जारी बन्द सत्रमा महासचिव इश्वर पोखरेलको संगठनात्मक प्रतिवेदन र विधान संशोधनको प्रतिवेदन पेश गरेका हुन् ।
अध्यक्ष झलनाथ खनालले शुक्रवार बन्द सत्रको सुरुमै राजनीतिक प्रतिवेदन पेश गरेका थिए । महासचिव पोखरेलले बन्द सत्रमा आफ्ना प्रतिवेदन पढेर सुनाएपछि पेश भएका प्रतिवेदनमाथि समूहगतरुपमा छलफल सुरु हुनेछ ।
अध्यक्षका आकांक्षीद्वय माधवकुमार नेपाल र केपी शर्मा ओलीबीच प्रतिनिधि मनोनयबारे विवाद भएपछि केन्द्रीय समितिले गर्ने १ सय ११ जना प्रतिनिधि मनोनयनै नगरी बन्द सत्र सुरु भएको छ ।

0 comments
तपाईंको प्रतिकृया