एमाले महाधिवेशन : कार्यकर्ताले मूल गेट भत्काए, नियन्त्रणमा लिन निर्देशन
काठमाडौं १९ असार । नेकपा एमालेको नवौं महाधिवेशनको उदघाटन समारोह शुरु भएको छ । रोबर्टमा जडान गरिएको पानसमा मेसिनबाट बत्ती बालेर महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम तय गरिएपनि प्रविधीले काम नगर्दा एमाले अध्यक्ष झलनाथ खनालले पानसमा वत्तिवालेर महाधिवेशनको उद्घाटन गरेका हुन । उद्घाटन समारोहमा विभिन्न दलका नेताहरुले सम्वोधन गरेका छन ।
’शान्तिपूर्ण जनक्रान्तिको उपलब्धिलाई संस्थागत गरौँ, जनताको बहुदलीय जनवादको मार्गदर्शनमा समृद्ध नेपाल निर्माण गरौँ भन्ने मूल नाराका साथ भृकुटीमण्डपमा उदघाटन कार्यक्रम शुरु भएको हो ।
भित्र महाधिवेशनको उदघाटन भईरहदा वाहिर प्रहरी र कार्यकर्ता विच झडप भएको छ ।
खुल्ला सत्रमा पनि भित्र छिर्न नपाएको भन्दै एमाले कार्यकर्ताहरुले नारावाजी गरेपछि झडपको स्थिती श्रृजना भएको हो । उदघाटस्थल अगाडि कार्यकर्ताले नाराबाजी गर्दै मूल व्यवस्थापन समितिको विरोध गरेका छन् ।
खुल्ला सत्रमा पनि भित्र छिर्न नपाएको भन्दै एमाले कार्यकर्ताहरुले नारावाजी गरेपछि झडपको स्थिती श्रृजना भएको हो । उदघाटस्थल अगाडि कार्यकर्ताले नाराबाजी गर्दै मूल व्यवस्थापन समितिको विरोध गरेका छन् ।
उदघाटन कार्यक्रममा प्रवशे गर्न नदिइएको भन्दे कार्यकर्ताले नाराजुलुस गरेका हुन् । एमाले कार्यकर्ताले प्रहार गरेको रडले लागेर पत्रकार प्रतिमा सिलवालको दाहिने खुट्टामा चोट लागेको छ ।
एमाले महाधिवेशन उद्घाटन–सत्रमा पनि प्रतिनिधिबाहेक कसैलाई प्रवेश गर्न नदिइएपछि आक्रोशित कार्यकर्ताले मूल गेट भत्काएका छन्। कार्यकर्ताको विरोधले अहिले महाधिवेशनस्थल बाहिरको वातावरण तनावग्रस्त भएको छ। महाधिवेशनको रौनक हेर्न आएका कार्यकर्ताले उद्घाटनसत्रमा सहभागी हुन नपाएपछि विरोध जनाएका हुन् । उनीहरूले महाधिवेशन आयोजक मूल समारोह समितिविरुद्ध नाराबाजी गरिरहेका छन्। स्थिति तनावग्रस्त भएपछि प्रहरीले लाठी चार्जसमेत गरेको छ। कार्यकर्ताको विरोधका कारण महाधिवेशन व्यवस्थापनमा खटिएकालाई हम्मेहम्मे परेको छ ।

महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै आगामी २५ गते सकिने छ । महाधिवेशनमा देशभरवाट २ हजार ३ सय २५ प्रतिनिधि सहभागी हुने एमालेले जनाएको छ । यसै विच कार्यबाहक प्रधामन्त्री वामदेव गौतमले प्रदर्शनमा उत्रेका कार्यकर्तालाई नियन्त्रणमा लिन प्रहरीलाई निर्देशन दिएका छन् । उनले कार्यक्रम स्थलवाटै यस्तो निर्देशन दिएका हुन ।

0 comments
तपाईंको प्रतिकृया