एमाले नवौ महाधिवेशनको तयारी पुरा
भृकुटीमण्डपमा हुने उद्घाटन समारोहको तयारी पुरा भएको एमालेले जनाएको छ । भृकुटीमण्डपमा करिब ३ हजार जना मानिस अट्ने गरी हल बनाइएको छ । त्यसैगरी अतिथि विश्राम गृह, सामूहिक छलफलको कटेज, स्वास्थ्योपचारका लागि छुट्टै हल बनाएको एमालेले जनाएको छ । कम्युनिष्टहरु प्रविधीमा अगाडी छन भन्ने देखाउन रोवर्टले अधिवेशन उद्घाटन गर्ने कार्यक्रम रहेको बताईएको छ ।
महाधिवेशन आयोजक समितिले गरेको पत्रकार सम्मेलनमा विभिन्न उपसमितिका संयोजकहरुले महाधिवेशनको तयारी पूरा भएको जनाएको छ ।
सुरक्षा व्यवस्थापन उपसमितिका संयोजक विष्णु पौडेलले महाधिवेशस्थलको सुरक्षाका लागि २ सय स्वयम् सेवक खटिइसकेको बताउ“दै बाहिरी सुरक्षाका लागि सशस्त्र र नेपाल प्रहरीस“ग समन्वय भइरहेको बताए । ‘महाधिवेशनस्थलको बाहिरी सुरक्षाको जिम्मा सरकारी सुरक्षाकर्मीले गर्नेछन्’, पौडेलले भने, ‘ब्यालेटबक्सको सुरक्षाको जिम्मा पनि सरकारी सुरक्षाकर्मीलाई नै दिइने छ ।’ खाद्य व्यवस्थापन उप समितिका संयोजक मुकुन्द न्यौपानेले महाधिवेशनस्थलमै दुई वटा क्याटरिङले महाधिवेशन प्रतिनिधिलाई खाने व्यवस्था गरिएको बताए ।
प्रतिनिधि अभिलेखन उप समितिकी संयोजक विन्दा पाण्डेले अहिलेसम्म करिब २ हजार प्रतिनिधिको अभिलेख प्रमाणिकरण भएर उनीहरुको कार्ड बनाउने काम धमाधम भइरहेको जानकारी दिइन् ।
संयोजक पाण्डेले महाधिवेशनभरका लागि बारकोडसहितको ३ हजार वटा मेसिन रिडेबल कार्ड बनाइएको बताइन् । ‘प्रतिनिधिदेखि पत्रकार र अतिथिसम्मलाई बारकोडयुक्त कार्ड दिइनेछ’, पाण्डेले भनिन्, ‘महाधिवेशन प्रतिनिधिहरुलाई मोबाइल एसएमसबाट दैनिक दुई पटक खबर गर्छौं, महाधिवेशन अवधिभर ३५ हजार एसएमएस पठाइनेछ ।’ महाधिवेशनमा सहभागी हुन ७ वटा देशका २१ वटा राजनीतिक दलका प्रतिनिधि आइरहेको अतिथि सत्कार उप समितिका संयोजक भीम रावलले जानकारी दिए ।


0 comments
तपाईंको प्रतिकृया