एमाले नेतृत्वले माफी माग्यो
काठमाडौं २०,असार । नेकपा एमालेले पार्टीको नवौं महाधिवेशन उद्घाटन खुला गर्न नसकेकोमा माफी मागेको छ ।
भृकुटीमण्डपमा बन्दसत्रको सुरुमा महासचिव इश्वर पोखरेलले मौसमको प्रतिकुलताका कारण उद्घाटन समारोहमा सबैलाई सहभागी गराउन नपाएको भन्दै माफी मागे । आक्रोसित कार्यकर्ताले गेट भत्काउने स्वीकार्य भएपनि एमाले जिन्दाबाद भनेर झण्डा जगाउनेहरु एमाले हुन नसक्ने बताए । साथै बाहिर भएको तोडफोड र आगजनीले लज्जाबोध भएको एमालेले जनाएको छ ।
भारतीय जनता पार्टीका नेता विजय जोलीमाथि भएको घटनाले एमालेलाई लज्जाबोध भएको उनले बताएका छन् । महासचिव पोखरलले एमालेको प्रतिष्ठा कमजोर बनाउन घुसपैठ भएका हुने सक्ने भन्दै अपराधिक कुरा क्षम्य र माफी दिन लायक नभएको बताए ।

0 comments
तपाईंको प्रतिकृया