Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
बोको हरामका पचास लडाकू मारिए

लागोस, असार २३ – नाइजेरियाको उत्तरी क्षेत्रमा बोको हरामका लडाकू र सुरक्षा निकायका बीचमा भएको झडपमा परी कम्तीमा पनि ५६ जनाको ज्यान गएको समाचार छ ।
नाइजेरियाको उत्तरी राज्य बर्नोमा रहेको दाम्बोआ सहरमा सो झडप भएको थियो । उक्त झडपमा परी अरुपनि कयौँ लडाकू घाइते भएका सैनिक स्रोतले जानकारी दिएको छ । नाइजेरिया सैनिकका प्रवक्ताले सो जानकारी दिएका थिए । उनका अनुसार उक्त झडपमा परी ५० जना लडाकूको ज्यान गएको छ ।
उक्त क्षेत्रमा रहेको सैनिक पोष्टलाई घेराहाली बोको हरामका लडाकूले आक्रमण गरेका थिए । सो आक्रमणमा परी छ जना सैनिक पनि मारिएका छन् ।सो क्षेत्रमा नाइजेरिया सैनिकले खोजी र कारबाहीका लागि सो बेसक्याम्प स्थापना गरेको थियो । सोही क्याम्पमा बोको हरामका लडाकूले घेराहाली आक्रमण गरेका थिए ।
हालैका दिनमा बोको हरामका सशस्त्र लडाकूहरुले आक्रमणका घटना बढाइरहेकोले त्यसलाई लक्षित गरी नाइजेरियाली सुरक्षा निकायले पनि खोजीको कामलाई निरन्रता दिएको छ ।
यसैबीच प्राप्त अर्को एक समाचारअनुसार बोको हरामका लडाकूहरुले गत महिना अपहरण गरी आफ्नो शिविरमा राखेका बालिकामध्ये करिब ६० जना सो शिविरबाट भागेका छन् ।
उनीहरु शुक्रबारै बोको हरामले अपरहण गरी राखेको शिविरबाट भाग्न सफल भएको नाइजेरियका अधिकारीहरुले जनाएका छन् । उनीहरुले गत महिनामात्र कम्तीमा २०० जना बालिकाको अपहरण गरेका थिए । बाँकी बालिका र महिला भने बोको हरामकै शिविरमा रहेका छन् ।
बोर्नो राज्यका एकजना प्रहरी अधिकारीले ६३ जना बालिका गत शुक्रबार अपरहणमुक्त भएका जानकारी दिए ।
उनले ६३ जना बालिका अपहरण गरिएको स्थानबाट भागेको जानकारी दिए । उनकाअनुसार यसअघि अपहरणमा परेका अरुको अवस्थाका बारेमा भने केही पत्ता लागेको छैन ।

0 comments

तपाईंको प्रतिकृया