विपक्षी सात दलको संघीय गणतान्त्रिक मोर्चा, जनताको संविधान नबने जलाउने
काठमाडौं २६ असार । विपक्षी सात दलले एमाओवादी अध्यक्ष प्रचण्डको नेतृत्वमा संघीय गणतान्त्रिक मोर्चा नेपाल घोषणा गरेका छन् । पहिचानसहितको संविधान बनाउन मोर्चाबन्दी गरेको भन्दै मोर्चाका नेताहरुले जनताको पक्षमा संविधान नबने जलाउने चेतावनी दिएका छन् ।
राजधानीमा बिहीबार आयोजित कार्यक्रममा एमाओवादीसहित फोरम लोकतान्त्रिक, फोरम नेपाल, तमलोपा, संघीय समाजवादी, सद्भावना र तराई मधेस सद्भावना पार्टीका शीर्ष नेताहरुले मोर्चाको अवधारणा सार्वजनिक गरेका छन् । मोर्चा घोषणा सभामा सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले जनताको संविधान बनाउन मोर्चाबन्दी गरेको बताए ।
फोरम अध्यक्ष उपेन्द्र यादवले मधेस र जनयुक्तका क्रान्तिकारी शक्तिहरुको मोर्चा बनाएको बताए । उनले आत्मनिर्णयको अधिकार र प्रान्तीय स्वायत्ततासहितको संघीयता आवश्यक भएको धारणा राखे ।
१० र १४ प्रदेशको अवधारणालाई आधार बनाएर अघि बढ्ने सहमति गरेका दलहरुले त्यसका लागि सडन र सडकमा दबावमुलक कार्यक्रम गर्ने बताएका छन् । मोर्चाको नेतृत्व चक्रिय प्रणाालीमा हुनेछ ।


0 comments
तपाईंको प्रतिकृया