Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
हेलिकोप्टर दुर्घटनामा बाह्र सैनिकको मृत्यु

 हनोई, असार २३ – भियतनाममा सोमबार बिहान सैनिक हेलिकोप्टर दुर्घटना हुँदा त्यसमा रहेका १२ जना सैनिकको ज्यान गएको राजधानी राजधानी हनोईबाट प्राप्त समाचारमा जनाइएको छ ।
सो दुर्घटनामा परी अन्य केही सैनिक घाइते भएका बताइएको छ । राजधानी हनोईमा नै सोमबार एका बिहानै सो हेलिकोप्टर दुर्घटनामा परेको हो ।
रसियामा बनेको एमआई १७१ हेलिकोप्टर सैनिक तालिमका क्रममा सोमबार बिहान राजधानी हनोईमा दुर्घटनामा परेको सैनिक अधिकारीहरुले जनाएका छन् ।
सो हेलिकोप्टरबाट सैनिक अधिकारीहरुलाई प्यारासुटसम्बन्धी तालिम दिइएको थियो । तालिमकै क्रममा सो दुर्घटना परेको हो । आफ्नो नाम बताउन नचाहने एकजना सैनिक अधिकारीले सो हेलिकोप्टरमा कम्तीमा पनि २१ जना सैनिक रहेका र दुर्घटनामा परी कम्तीमा पनि १२ जनाको ज्यान गएको जानकारी दिए ।
हामीले दुर्घटनास्थलको भ्रमण गरिसकेका छौं र यसको कारणका बारेमा पनि अनुसन्धान सुरु गरिसकेका छौँ– उनले बताए ।
एकजना प्रत्यक्षदर्शीले सो हेलिकोप्टर भुइँमा खस्नुभन्दा अघि निकै नै अप्ठेरो गरी चलिरहेको बताए । त्यसपछि अकस्मात भुइँमा खस्यो र एक्कासि आगोलाग्यो–उनले भने ।
सुरुमा अनौठो आवाज आयो र माथि आकासमा हेर्दा हेलिकोप्टर निकै नै अप्ठेरोगरी चलेजस्तो देखिएको थियो । पछि हेर्दाहेर्दै सो हेलिकोप्टर भुइँंमा खस्यो ।

0 comments

तपाईंको प्रतिकृया