एमाले महाधिवेशन फेसबुकमय, कतिपय नेतालाई प्रविधीमा नै अविश्वास
बुटवल २२ असार । प्रविधीलाई अत्यधिक प्रयोग गरी महाधिवेशनको उद्घाटन गर्ने योजना वनाएको नेकपा एमालेको होईटेकले पहिलो दिन नै धोका दियो ।
रोवर्टद्धारा उद्घाटन गर्ने कार्यक्रम त तय भयो, तर रोवर्टले उद्घाटनको निम्ति वत्ति नै उठाउन सकेन । अध्यक्ष झलनाथ खनालले आफै वत्ति वालेर महाधिवेशनको उद्घाटन गरे । मिडियामा चर्चा गरे अनुसारको हाईटेकले काम नगरेपछि उद्घाटन कार्यक्रम निकै खल्लो मात्र भएन , भित्र उद्घाटन हँुदा वाहिर वसेका कार्यकर्ताले पटक– पटक प्रहरीको लाठी खानु प¥यो । राजधानीको भृकुटीमण्डपको बाहिर टिभिवाट लाइभ हेर्ने कार्यकर्ताको धोका पनि तनावले अधुरै रहयो । डिजिटल कार्डको तयारी नहुदा एक दुई दिन अस्थायी कार्डकै सहयोग लिनु परेको थियो एमालेलाई ।
निर्वाचन लगायतको प्रचार सामाग्रीबाट महाधिवशेनलाई ‘पेपरलेस’ गर्ने र भरसक्दो सामाजिक संजाल प्रयोग गर्ने एमालेको रणनिती भने केही हद सम्म सफल भए जस्तो देखिएको छ फेसबुकको पेजको दृष्यले ।
हुन त अरु कुनै पार्टीलाई पराजित गर्नु पर्ने जस्तो गरी प्रचार र गुट वन्दीमा लागेको एमालेको दुई सुमहले प्रचार महाधिवेशन आउन २ महिना अघि देखी नै प्रचार गरेका थिए । त्यसलाई १५ दिन अघि तिव्र वनाइएको थियो भने महाधिवेशन शुरु भए लगत्तै एमालेका नेता कार्यकर्ता र शुभेच्छुकहरुले समेत एमालेलाई फेसवुकमय बनाएका छन् । वन्द सत्रमा गुटको प्यानल घोषणा गर्न नपाईने आचारसहिता जारी भएपनि त्यो आचार संहित फेसबुकमा लागु भएको पाईएन । दुवै गुटले अघोषित प्यानल कै रुपमा प्रचार गरिरहेका छन । छुट्टा– छुुट्टै गुटले आफ्नो पक्षका नेतारुलाई जिताउन आग्रह गर्दै अभियान नै संचालन गरेका छन ।
एक जना एमाले कार्यकर्ता विकास वस्नेत क्षेत्रीले फेसबुकमा नेता केपी शर्मा ओलि सुमहको प्रचार गरेका छन् । उनले पोष्ट गरेको तस्वीरमा प्यानल नै देखिन्छ । त्यस्तै देवराज पोख्रेलले घनश्याम भुषाल जिताउ अभियानको तस्वीर शेयर गरेका छन् । नेताद्धय घनश्याम भुषाल र डा विजय पौडेलको तस्वीर रहेको उनको प्रचारमा ‘दुई वैचारिक व्यक्तित्व .. संवृद्ध नेपालको भविष्य विजयी गराऔ’ भन्ने अपिल गरिएको छ । केपीओली पक्षका नेता रामनाथ ढकालले आफ्नो फेसवुकवालमा आफ्नो प्रचार आफै गरेका छन् । उनले अरुलाई समेत शेयर गरेको तस्वीरमा केपी ओलीको तस्वीर समेत रहेको छ जहा उनले आफूलाई मतदान गरी विजयी वनाउन आग्रह गरेका छन । यस्तै निरज आचार्य जिताऔ अभियानले माधव नेपाल जिताउ अभियानलाई शेयर गरेको तस्वीरमा माधव नेपालको प्यानल नै देख्न सकिन्छ । महाधिवेशनले कुन प्रक्रियाबाट नेतृत्व चयन गर्छ भन्नेवारेमा अझै सम्म टुङगो नलागेको अवस्थामा यि दुई गुट चुनावी प्रचारमा लागेको हो । प्रचारको लागी फेसवुकलाई अत्यधिक प्रयोग गर्ने एमाले नेताहरु सुचना प्रविधीबाट भने ढुक्क भएको देखिएन छ ।
नेतृत्व चयनका लागि इलेक्ट्रोनिक भोटिङ मेशिनबारे एमालेमा दुई पक्षबीच विवाद भएको छ । ओली पक्षका प्रदीप ज्ञवालीले मेसिनमा विश्वास नहुनेले मोबाइल पनि नचलाए हुने बताएका छन् । माधव नेपाल पक्षका रघुजी पन्तले भने मेसिनमा आफूहरुलाई विश्वास नभएको बताएका छन् । पार्टीका प्रचार विभाग प्रमुख ज्ञवालीले भोटिङ मेशिन प्रयोगको विरोध गुर्नु ढुंगे युगमा र्फकनुजस्तै भएको बताए । उनि भन्छन– यसमा आशंका गर्ने हो मोबाइल पनि चलाउनु भएन । ढुंगे युगमा फकिर्नु हो ।’ भोटिङ मेसिनले नभई जिताउने हराउने प्रतिनिधिले हो भन्दै उनले तत्काल परिणाम सार्वजनिक गर्न यो प्रयोग गर्नु पर्ने बताए ।
भोटिङ मेशिनबारे आइतबारदेखी महाधिवेशनस्थलमै प्रतिनिधिहरुलाई सिकाउन थालिने बताईएको छ । प्रतिनिधिलाई भोट हाल्न सिकाउनका लागि महाधिवेशन स्थलमा १० वटा भोटिङ मेसिन राखिनेछ । नेतृत्व चयनका लागि हुने निर्वाचनका लागि छुट्टै ६० बटा मेसिन प्रयोग गरिनेछ ।




0 comments
तपाईंको प्रतिकृया