डेगु रोगबाट बच्ने उपायः लामखुट्टेकोे प्रजनन रोक्ने र सरसफाई
रुद्रहरि कुंवर
बुटवल २३ असार ।
तपाईको घरवरीपरि वा नजिकै काम नलाग्ने टायर, अलकत्राका वा खाली ड्म, थोत्रा भाडा, प्लाष्टीका वट्टा जस्ता पानी जम्न सक्ने बस्तुहरु छन ?
बुटवल २३ असार ।
तपाईको घरवरीपरि वा नजिकै काम नलाग्ने टायर, अलकत्राका वा खाली ड्म, थोत्रा भाडा, प्लाष्टीका वट्टा जस्ता पानी जम्न सक्ने बस्तुहरु छन ?
कुलर चलाउनु हुन्छ ? पानी फेर्ने गर्नुभएको छ या छैन अथवा धेरै लामो समय सम्म तपाईको घर सजाउन राखिएको गमलाको पानी फेर्नु भएको छैन ?
ख्याल गर्नुहोस !, ति वस्तुहरु हटाउन पानि फेर्ने तर्फ ध्यान दिनु भएको छैन भने तपाई रोगलाई त निम्ताउदै हुनुहुन्छ । ति बस्तुहरुले एडिस एजिप्टाई जातको संक्रमित पोथी लामखुट्टेको टोकाईबाट सर्ने डेगु रोगलाई सहयोग गर्ने सक्छन ।

यो रोगबाट रुपन्देही जिल्लामा ४ वर्षको अवधीमा ४ जनाले ज्यान गुमाई सकेका छन भने आर्थिक वर्ष २०६७/०६८मा ४ जनाले ज्यान गुमाएका हुन । सोही अवधीमा जिल्लामा ३ सय ३२ जना विरामी भएका जिल्ला जनस्वाथ्य कार्यालय रुपन्देहीका भेक्टर कन्टा्ेल निरिक्षक केदार नाथ शाहले बताए । उनका अनुसार डेगुबाट जिल्लाको सवै भन्दा जोखिम क्षेत्र बुटवलनगरपालिका रहेको छ । अहिले उपचार भईरहेका १२ जना मध्ये ५ जना बुटवल नगरपालिलकाकै डेगुका विरामी छन । आव २०६७/०६८मा २ सय ९० जना विरामी हुदा २ सय ४ जना बिरामी वुटवल कै थिए ।
डेगु रोगको संक्रमणबाट बच्ने एउटै मात्र उपाए एडिस एजिप्टाई जातको संक्रमित पोथी लाखखुट्टेबाट जोगिनु हो । उच्च ज्वरो, टाउको दुख्ने, आखाको गेडी दुख्ने, हाड जोर्नी दुख्ने, रक्तश्राव हुने, शरिरमा विमिरा देखा पर्नु सामान्यतया डेगु रोगको लक्षण हो । त्यसै गरी दाग देखा पर्नु , नाक गिजाबाट रगत वग्ने, पेट दुख्ने, दिशा कालो हुने, खान पिउन गाह्रो हुने, वेहोस हुने, पिशाव कम आउने र शास फेर्न गाह्रो हुने जस्ता जटिल लक्षण देखा पर्न सक्छ । दिउसोमा मात्र मानिसलाई टोक्ने कालो र सेतो मिसिएको टाटेपाटे रंगको ( एडिस एजिप्टाई जातको संक्रमित पोथी लाखखुट्टे) लामखुट्टेले टोकेको ४ देखी ७ दिनमा मात्र यो रोगको लक्षण देखापर्छ कोहीलाई १४ दिन पछि मात्र पनि लक्षण देखा पर्न सक्छ । लक्षण देखापर्ने वित्तिकै नजिकको स्वास्थ्य केन्द्रमा जानु पर्ने चिकित्सकहरु शुझाव दिन्छन ।
यस लामखुट्टेलाई नियन्त्रण गर्ने उपायहरु छन – लाम खुट्टेको प्रजनन कम गर्ने, लामखुट्टेको आयु घटाउने र मानिस र लामखुट्टे सम्पर्कवाट टाढा रहने । जनस्वास्थ्य विभाग सरुवा रोग नियन्त्रण महाशाखाका विज्ञहरु यि उपायहरु मध्ये लामखुट्टेको प्रजनन कम गर्ने कार्य प्रभावकारी भएको बताउछन । लामखुट्टेका अण्डा, प्युपा र लार्भा नष्ट गरेमा डेगु रोग नियन्त्रण गर्न सकिने निष्कर्षका साथ वर्षेनी लामखुट्टेको बास खोजी गरी नष्ट गर्ने अभियान नै संचालन गरिएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीले बुटवल नगरपालिका संग समन्वय गरी यो वर्ष पनि ‘लामखुट्टेको बास खोजी गरी नष्ट गर्ने अभियान’ संचालन गर्न लागेको जनाएको छ । जुन अभियानमा स्थानियलाई सरसफाई सम्वन्धी जानकारी दिई लामखुट्टेको अण्डा रहन सचिलो हुने पानी जम्ने टायर, अलकत्राका वा खाली ड्म, थोत्रा भाडा, प्लाष्टीका वट्टा हटाउने वा पानी जम्न नदिने, घरको गमलामा हप्तामा २ पटक पानी फेर्न लगाउने, कुलरको पानीमा प्रत्येक हप्ता २ चम्चा मट्टिीतेल वा जलेको मोविल राख्न लगाईने छ । झयाल ढोकामा जाली लगाउने, दिउसो सुत्दा पनि झुल लगाउने गर्दा लामखुट्टेवाट बच्न सकिन्छ ।

मुलुकभरको सन्दर्भमा डेगु रोगवाट सवैभन्दा वढि जोखिम क्षेत्र चितवन हो । त्यस पछि रुपन्देहीलाई लिने गरिएको छ । सरुवा रोग नियन्त्रण महाशाखाले केही दिन अघि बुटवलमा यो रोगवारे अनुसन्धान सर्वेक्षण गरेको थियो । जसको प्रतिवेदन आउन वाकी छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीका वरिष्ठ प्रशासकिय अधिकृत ऋषीप्रसाद लामिछाने २००९मा महामारीको रुपमा देखा परेको डेगु रोग नियन्त्रणको प्रमुख उपाय नै लामखुट्टेवाट बच्ने रहेको बताउ“छन । लामखुट्टेको प्रजनन हुन नदिनु नै उत्तम विकल्प हो ।’ उनि भन्छन – यो लामखुट्टेले सफा पानीमा मात्र अण्डा पार्छ, पानी जम्ने टायर, अलकत्राका वा खाली ड्म, थोत्रा भाडा, प्लाष्टीका वट्टा हटाउने र सरसफाईमा ध्यान दिए यसवाट बच्न सकिन्छ ।’
साउन देखी कात्तिक सम्म लामखुट्टेको प्रजनन गर्ने समय रहेकाले अघिल्ला वर्षहरुमा जस्तै यो वर्ष पनि लामखुट्टेको अण्डा लार्भालाई नष्ट गर्ने अभियान संचालन गर्न लागेको जानकारी दिए । ३० दिनको आयु भएको यो लामखुट्टेको अण्डा अनुकुल वातावरणमा १ वर्ष पनि जिवित रहन सक्छ ।
उनले बुटवल नगरपालिकाको समन्वयमा जनचेतनामुलक कार्यक्रम र लामखुट्टे को बास खोजी गरी नष्ट गर्ने जानकारी दिए । वुटवल नगरपालिकाका अधिकृत भुवाप्रसाद लुईटेलले दुई दिन सम्म नगरका स्वास्थ्य स्वयमसेवीका लाई डेगु रोग ,लामखुट्टेवाट वच्ने उपाय र सरसफाई सम्वन्धी अभिमुखिकरणमा सहभागी वनाई टोल टोलमा खटाईने जानकारी दिए । उक्त अभियानमा १ सय ४० महिला स्वास्थ्य स्वयमसेवीका र २ सय ७० भन्दा वढि टोल विकास समितीलाई सहभागी बनाईने उनले बताए ।

0 comments
तपाईंको प्रतिकृया